महिला लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति



काठमाडौँ। महिला लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले लघुवित्तलाई आईपीओ निष्काशन गर्न गत बिहीबार अनुमति दिएको हो। लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो।

उक्त लघुवित्तले मंसिर ३ गते आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्ड पुगेको थियो। उक्त उलघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ। लघुवित्तको हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। सार्वसाधारणलाई आईपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्