समाचार

बलात्कार आरोपमा पक्राउ परेका भाइरल अर्जुन छुटे

By Saru Sunar

January 28, 2021

किशोरीलाई अपहरण गरि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सामाजिक सञ्जालमा भाइरल अर्जुन बिक धरौटीमा छुटेका छन्।

जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्न आदेश भएअनुसार बिक छुटेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।

बिक जिल्लाको भजनी नगरपालिका–४ बाट १३ वर्षीया किशोरीलाई २०७३ जेठ ३० गते अपहरण गरी ४ वर्षसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको जाहेरीपछि बिकलाई कैलाली प्रहरीले पक्राउ गरेको थियो।

गत साउन १७ गते दुई वर्षीय छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि बिक भाइरल बनेका थिए। बिकमाथि जबरजस्ती करणी, अपहरण र शरीर बन्धकको अभियोग लगाइएको छ।