माघ २८ गते विशाल जनप्रदर्शन गर्ने प्रचण्ड-माधव समूहकाे तयारी



माघ १५,काठमाण्डाैं । नेकपा प्रचण्ड-माधव समूहले माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै विशाल जनप्रदर्शन’ गर्ने तयारी गरेको छ ।नेकपा प्रचण्ड-माधव समूहले संसद विघटनविरुद्धको आन्दोलनलाई सशक्त बनाउने जनप्रदर्शन गर्ने तयारी गरेको हाे।बिहीबार पार्टी कार्यालय पेरिसडाडामा बसेको नेकपा प्रचण्ड-माधव समूहको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले संसद विघटनविरुद्धको आन्दोलनलाई सशक्त बनाउने र सो क्रममा माघ २८ गते काठमाडौंमा हुने जनप्रदर्शनलाई अहिलेसम्मकै विशाल बनाउने निर्णय गरेको हो ।

बैठकले शान्तिपूर्ण धर्ना लगायत पूर्वघोषित कार्यक्रमलाई प्रभावकारी बनाउने र आफ्नो मुद्दा स्थापित गर्नुपर्नेमा जोड दिएको छ । बैठकले प्रतिगमनविरुद्ध जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्‍याउनेमा जोड दिएको छ । बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले सम्बोधन गर्दै आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिँदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको छ ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै प्रचण्ड-माधव समूह निरन्तर संघर्ष गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्