आधाआधा कार्यकाल चलाउने सहमति पछि प्राध्यापक संघद्दारा शपथ ग्रहण



माघ १५ ,सुखड हरिश बम आधाआधा कार्यकाल चलाउने सहमति पछि कैलालीको सुखड स्थित घोडाघोडी क्याम्पस इकाइ समितिको पब्लिक क्याम्पस प्राध्यापक सँघका विजयि पदाधिकारीले आज सपथ ग्रहण गरेका छन । यस अघि संघको ३ वर्षे कार्यकालका लागि भएको निर्वाचनमा सभापति पदका दुवै प्रत्यासिले बराबर मत प्राप्त गर्दा पदभार ग्रहण रोकिएको थियो । विहीबार गोलापर्थाद्धारा पहिले कस्ले चलाउने भन्ने कुराको टुंगो लागेपछि पहिलो कार्यकालका लागि निर्वाचन समितिका संयोजक प्रेम राज चौधरि सामु सभापतिकालागि भवानी प्रसाद तीवारीले सभापतिको सपथ खानुभएको हो । यो सँगै तिवारी पहिलो कार्यकाल १८ महिनाका लागि पब्लिक क्याम्पस प्राध्यापक सँघको सभापतिमा नियुक्त हुनुभएको छ । त्यसै गरि अर्का सभापति सुनिल राज सापकोटाले पनि दोश्रो कार्यकालकालागि सपथ ग्रहण गर्नुभएो हो । त्यस्तै विहीबार नै उपसभापतिका लागि टिका भट्ट तथा सचिवका लागि महेस तिमिल्सिना तथा अन्य सदस्यहरु लाइ पनि सपथ खुवाइएको छ । यस अघि माघ १० गते भएको निर्वाचनमा सभापतिका प्रत्यासिद्धय सापकोटा र तिवारिले समान विसर विस मत ल्याएका थिए । सपथ कार्यक्रमको प्रमुख अतिथिमा क्याम्पस सञ्चालन समितिका अध्यक्ष सिद्द आचार्य रहनुभएको थियो भने अध्यक्षमा निर्वाचन समितिका संयोजक प्रेम राज चौधरि रहनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्