टप फिचर

बहुप्रतिक्षित गित ‘उखु गुलियो’ सार्वजनिक (भिडियोसहित)

By Thaha - Online

January 28, 2021

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममालोकप्रिय गायिका जानुका तामाङ्ग र गायक चन्द्र शर्माको सुमधुर आवाजमा प्रतिभाशाली कलाकार नेत्र अर्यालको शब्द सिर्जनामा बहुप्रतिभाका धनि सर्जक तथा गायक खेम सेंचुरिको लय संकलनमा गायिका जानुका तामाङ्गको लोक दोहोरि एल्बम उखु गुलियो सार्बजनिक भएको छ |

भिडियो तर्फ सुनिल क्षेत्रिले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने नवराज उप्रेतीले छायांकन गरेका छन् र उक्त गीतको भिडियो सम्पादन भने बिकास ज्ञावालीले गरेका छन्। उक्त गीतमा खेम सेन्चुरी , अन्जली अधिकारि , जुना सुन्दास , करिस्मा ढकाल , गीता ढुङ्गाना , लोसिना लामिछाने को उत्क्रिष्ट अभिनय रहेको छ।

उक्त लोक गीतलाई खेम सेंचुरिकों आधिकारिक युतुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :