गलत मान्छेलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएको भन्दै पछुतो प्रकट



रुपन्देही। प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाका नेता घनश्याम भुसालले गलत मान्छेलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाएको भन्दै पछुतो प्रकट गरेका छन्। ‘आफैंले चुनेको पार्टीका अध्यक्ष र प्रधानमन्त्रीले यस्तो गद्दारी गर्लान् भन्ने सोचेकै थिएन’ उनले भने, ‘यस्तो डरलाग्दो प्रवृत्ति जन्मने परिस्थिति कसरी निर्माण भयो ? अचम्म लाग्छ ।’

उक्त पक्षले आज बुटवलमा आयोजना गरेको विरोधसभामा नेता भुसालले भने, निरंकुशताको प्रेत बेलाबेला जाग्छ, अहिले फेरि जागेको छ । त्यसलाई तह लगाउनुपर्छ।

ओलीले संविधानको हत्या गरी मुलुकमा अस्थिरता, अशान्ति निम्त्याउन खोजेको भन्दै भुसालले प्रतिगमनविरुद्ध सशक्त आन्दोलन गर्नुको विकल्प नभएको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्