कविता – कानुन भन्दा माथि लामो कपाल



हिजोआज बजारमा लामो कपालको हल्ला चलेछ।
छोटो कपालको किन हो जवाना जलेछ।।

जताततै लामो कपालको मात्रै छ चर्चा।
सुनिन्छ कानुन भन्दा लामो कपाल नै छ रे बढ्ता!

यी नै छन रे हजुर अहिले कानुन भन्दा बढ्ता।
छोटा कपाल हुने को त के अब इज्जत घट्ला!

कपाल पाल्नु होस हजुर यसलाई कानुनले छुदैन।
अब त हजुर तपाई हामीले नि नपालि हुदैन ।।

पहिला – पहिला कपाल काट्थ्यो रे हजुर कानुन को छुराले।
अर्ती बुद्धि दिएको कस्ले मान्छ र हजुर यो बूढाले।।

कानुनले लामो कपालको इज्जत दिने भए।
के हो त अब छोटा कपाल हुनेका इज्जत नै गए!

छैन रे अब त यहाँ कतै पनि हजामको काम।
सुनिछ अहिले जताततै लामा कपालकै नाम।।

कानुन भन्दा माथि छ रे हजुर लामो कपाल।
के गर्नु हजुर यस्तै छ त हाम्रो देश नेपाल ।।

लामो कपाल छ रे त कानुन भन्दा माथि!
त्यसो हो भने किन लागेको उमेरको हद महिला साथि ।।

किन निदाए हजुर आजकल गृहमन्त्री बादल।
जताततै बझाउदै छन् रे लामो कपा हुनेले मादल।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्