वैदेशिक रोजगार विभागकाे तीन अर्ब रुपैयाँ व्याजमा लगाउने तयारी



१६ माघ, काठमाडौं ।वैदेशिक रोजगार विभागले तीन अर्ब रुपैयाँ व्याजमा लगाउने तयारी गरेकाे छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायीहरुले ईजाजतपत्रका लागि राखेको साढे तीन अर्ब रुपैयाँ व्याजमा लगाउन बैंकको खोजी शुरु गरेको  हाे। वैदेशिक रोजगार नियमावली २०६४ को नियम २५ अनुसार व्यवसायीहरुले धरौटीका लागि राखेको रकमको ९० प्रतिशत रकम मुद्धती खातामा राख्ने व्यवस्था छ ।

हाल कायम रहेका ८ सय ५४ व्यवसायीहरुले राखेको धरौटीको ९० प्रतिशत बराबर हुन आउने ३ अर्ब ५३ करोड रुपैयाँ रहेको भन्दै विभागले आफुले दिने व्याजसहित सात दिनभित्र प्रश्ताव पेश गर्न निजी क्षेत्रका ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई आग्रह गरेको छ ।

हाल वाणिज्य बैंकहरुले मुद्धती बचतमा वार्षिक ९ प्रतिशतसम्म व्याज दिने गरेका छन् । व्यवसायीहरुको धरौटी वापत राखेको रकमबाट विभागलाई करीब ३२ करोड रुपैयाँ व्याज आम्दानी हुनेछ । तर व्यवसायीहरुले भने बैंकहरुलाई त्यसवापत आधा अर्ब रुपैयाँ भन्दा बढी रकम व्याज मात्रै बुझाउनु परेको  बताउने गरेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्