सशत्र प्रहरी भिल्मीले चौक चौकमा आगो बाल्दै



कमलेश चन्द्र गुप्ता कपिलबस्तु लुम्बिनी प्रदेश /

माघ १६ चौक चौकमा सशत्र प्रहरी बल पोस्ट भिल्मीले आगो बालेको छ। लगातार बढिरहेको चिसोलाई मद्देनजर गरी आज जिल्लाको कृष्णनगर वार्ड नं ६ भिल्मी चौक र करमा चौकमा बि.ओ.पि भिल्मीले भिल्मी प्रहरी चौकीको सहकार्यमा आगो बालेको हो। आगो सर्वसाधारण र बाटोमा आवत जावत गर्नहरुलाई ताप्नका लागि बलिएको हो। चिसो र बाक्लो हुस्सुको कारण कपिलवस्तु लगायत तराईका जिल्लाहरुमा जनजीवन कष्टकर बन्दै गएको छ । सोहीलाई मद्देनजर गरी आज भिल्मी चौक र करमा चौकमा आगो बालेको बि.ओ.पी भिल्मीका प्रहरी निरक्षक त्रिलोचन पोखरेलले बताउनु भएको छ। चिसोबाट बचन र बचाउन उदेश्यले आगो बालेको उनले बताउनु भयो। प्रहरी निरक्षक पोखरेल अनुसार चिसोमा खासगरी बालबालिका र वृद्धबृद्धाहरु बढी प्रभावित भएका छन । उनीहरूलाई चिसोबाट जोगाउन अति आवश्यक रहेको प्रहरी निरक्षक पोखरेल बताउनु भयो। सशत्र प्रहरीले चौक चौकमा आगो बाले पछि स्थनीयहरूले धन्यवाद दिएका छन। एक स्थानीय भन्छन “जून काम जन प्रतिनिधिहरूलाई गर्ने पर्ने हो त्यो काम आज सशत्र प्रहरीले गरेको छ, जन प्रतिनिधिहरू लाज गर्नुस।”

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्