देउखुरीलाई दोस्रो फेवा तालका रुपमा विकास गछौ : मुख्यमन्त्री पोख्रेल



ओमप्रकाश गुप्ता, सिसहनियाँ १६ माघ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रमा प्रदेश पुर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ बिजौरीमा शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले एक कार्यक्रमका बीच प्राधिकरणको कार्यालय उदघाटन गरेका छन् ।

गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले प्रदेशको स्थायी राजधानी देउखुरी क्षेत्रलाई विश्वकै नमुना शहरका रुपमा विकास गर्ने बताएका छन् । प्रमुख अतिथि समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् ।

उनले देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताए । उनले प्रदेश सरकारले व्यवसायीक क्षेत्रका लगि सबै जग्गामा मास्टर प्लान बनाउने बताए । यसले देउखुरी क्षेत्रको जग्गाको मूल्य सुन बराबर हुने बताए ।
उनले प्रदेशको व्यवस्थित शहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निर्माण हुने बताए ।

साथै उनले लुम्बिनी प्रदेशको देउखुरीलाई दोस्रो फेवा तालका रुपमा विकास गर्ने योजना बनाएको समेत बताए । उनले पालिकाहरुलाई पूर्वाधार निर्माणका लागि धेरै खर्च नगर्न समेत अनुरोध गरे । सरकारी जग्गा अतिक्रमण पर्ने क्रम बढेको भन्दै सरकारी जग्गा अतिक्रमण पनि नगर्न अनुरोध गरेका थिए ।

प्राधिकरण स्थापना भएसंगै अब राजधानी क्षेत्रको गुरुयोजना तयार हुने र सोही अनुसार विकासका पुर्वाधार निर्माण हुने उनको भनाई थियो । उनले ढल निकास निर्माण संगै विद्युत, टेलिफोन र ईन्टरनेटको तारलाई जमिन मुनिबाट विस्तार गरिने पनि बताएका छन् ।

राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, भौतिक योजना तथा पुर्बाधार मन्त्री बैजनाथ चौधरी, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भने प्राधिकरण कार्यालयको बारेमा प्रमुख कार्यकारी अधिकृत धुव्र मजगैयाँले जानकारी गराएका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्