भालुवाङमा दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ आज देखि



सैघाली खबर

दाङ २८ पुस । दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सव २०७४ आज देखि भालुवाङमा सुरु हुने भएको छ ।इन्द्रेणी युवा क्लव लुवाङको आयोजनामा आज देखि सुरु हुने महोृत्सव माघ ८ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।“कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा महोत्सव सञ्चालन गर्न लागेको हो ।महोत्सवको उद्घाटन प्रतिनिधी सभा सदस्य तथा क्षेत्र नम्बर १ का प्रतिनिधि सदस्य मेटमणी चौधरीले गर्ने कार्यक्रम भएको मूल आयोजक समितीका अध्यक्ष तथा क्लबका अध्यक्ष भिमबहादुर मर्रासिनीले जानकारी दिनु भएको छ ।

महोत्सवमा बनाएको करिब डेढ सय बढी स्टल सबै बुकिङ्ग भईसकेको र स्टलका व्यापारीहरु समेत महोत्सवस्थलमा आईसकेको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, विभिन्न खालका प्रतियोगिताहरुको प्रतिस्पर्धा गराईने राप्तीको समग्र पर्यटन र प्रवद्र्धन विकासका लागि पनि राप्ती नदीमा ¥याप्टिङ लगायत अन्य थुप्रै आकर्षणहरु महोत्सवका मुख्य आकर्षणका केन्द्रहरु रहने छन् ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिईएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको आयोजकले वताएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्