काठमाडौं। नेपालमा कोरोनाविरुद्धको खोप लगाउँदा केही व्यक्तिमा सामान्य असर देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिएको बताए।
सहप्रवक्ता अधिकारीले ती व्यक्तिमा देखिएको असर केही समयपछि आफै हराएर जाने गरेको बताए। खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ।
उनले खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने भन्दै कसैलाई दुई–तीन घण्टामा केहीलाई एक–दुई दिनमा निको हुने बताए। डा. अधिकारीले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नदेखिएको बताए। मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोध गरेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले लगाएका छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।