हुदैछ शहर बजारका गल्ली-गल्ली टुँडिखेलमा भेला। गाउँ-गाउँ बाट आउदैछ्न् सोझा-साझा जनता भर्नलाई मेला।।
गर्दैछन् तिनले एक अर्कालाई भाषणमा सधै गाली। बझाउदै छन् सोझा -साझा जनता नबुझेर नै ताली।।
दिएका जनताले मत देश बनाउनलाई मात्रै खालि । देश नबनाइ एक अर्कामा कटुवचन बोलि गर्दछन् गाली।।
हुदैछ चर्चा हजुर जताततै ऐले तेल ,जेल र नेलको। कुरो नै पो बुझ्न सकेनन् जनताले यो सब खेलको।।
दिएका थिए जनताले साटेर मासु भातमा नै पो मत। गरिब सोझा -साझा जनताले कतै सुख नै पो पाको छ त?
भन्थे पहिले- पहिले हाम्रो हो यो दुई पाइलटको जेट। पार्टी फुटेको छैन भन्छ निर्वाचन आयोग के यी दुई को होला भेट?
सबैले बचाउ गर्नु पर्दछ हजुर आफ्नो सधै नै पेसाको। दुई तिहाइ मत हुँदा हुदै किन फेरि झन्झट नै पो बेसाको।।
छलफल गर्दैछन् श्रीमान् सहित सबै जसो काला कोटे। संसद बहाली हुन्छ र हुदैन भनि जवाफ लगाउछ्न् सबले ओठे।।
जेट इन्जिन बिग्रेको रे हालेर नै कोदो र तोरी कै तेलको। झकझक गर्दै आवाज आउदैछ कानमा मनो रेलको।।
ग्यास पाइप चुलो पानीजहाजको कुरो सुन्दा भरियो कानको दुलो। जसको आफ्नो समुन्द्र नै छैन पानीजहाज ल्याउने कुरो उसकै ठूलो।।
कोही भने सर्प भ्यागुता पालेर पुच्छर समाएर बैतर्नी तर्ने। गरिब जनता भने खान नपाइ भोकभोकै घर-घरमा नै मर्ने।।
कोही भन्दछन् यो सब लडाइ हो ढुकुटी नै वादको। उफ! कति गन्ध सुँघ्नु जनताले सधै यिनको छादको।।
कोही भन्दछ्न यो सब लडाइँ हो पहिलो र दोस्रो नै कुर्सीको। कति सहेर बस्नु नेपाली जनताले यिनको सधै नै फुर्तिको।।
कोही भने सधै गोमन साँप झैँ नाकको पोहोरा फुलाउने। कोही भने सधै अर्काको बकेर्नो गाई दोहेर खाइ डुलाउने।।
चिन्ता भयो होला हजुरहरु सबलाई कविताको नाउँको। शिर्षक नै भयो हजुर कहीँ नभएको जात्रा हाँडी गाउँको।।
धन्यवाद ।