काठमाडौं। नेपालमा फेरि बर्डफ्लु देखिएको खबर कान्तिपुर दैनिकमा नै छापिएको छ। उपत्यकाका किसानले पालेको हाँस र टर्कीमा संक्रमण भेटिएको हो।
पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका ७ स्थित फुटुङमा नमुना परीक्षण गर्दा फर्डफ्लु पुष्टि भएको हो। बर्डफ्लु पुष्टि भएसँगै २ हजार ५ सय ४४ पन्छी नष्ट गरिएको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।