वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय बन्द रहने



काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज आइतबार आफ्नो कार्यालय बन्द रहने जनाएको छ ।

सो संघका पूर्वअध्यक्ष एलपी साँवाकी आमा र संघकै पूर्वतृतीय उपाध्यक्ष राजेन्द्र शेरचनको निधनप्रति दुःख व्यक्त गर्दै एकदिन कार्यालय बन्द गर्न लागिएको अध्यक्ष विष्णुप्रसाद गैरेले जनाएका छन् । गैरेले वैदेशिक रोजगार व्यवसायी संघ मातहतका सबै कार्यालय आज बन्द रहने जानकारी दिएका छन् ।

त्यसैगरि सो संघका महासचिव सुजित कुमार श्रेष्ठले पनि एक सूचना जारी गरी माथि उल्लेखित कारण देखाउँदै आजका दिन सो संघको मातहतका सबै कार्यालय बन्द रहने जानकारी दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्