काठमाण्डाैं । प्रतिभा क्षमताकै आधारमा दुबैमा नगारिकता दिने भएको छ । शनिबार युएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशेद अल मकतुमले सञ्चारकर्मीसंगको कुराकानीको क्रममा नागरिकता सम्बन्धी कानून संसोधन गरेर यस्तो व्यवस्था गर्न लागेको बताएका छन् । विशिष्ट प्रतिभा भएका, लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएका बताए।
हरेक क्षेत्रमा छानिएका ती व्यक्तिलाई युएईको मन्त्रिपरिषद्, स्थानीय एमिराई अदालत तथा कार्यकारी परिषद्ले अनुमोदन गर्ने भएकाे हाे । प्रधानमन्त्री युएईको पासपोर्ट लिनेलाई साविकको नागरिकता राख्न कानूनले दिनेछ। यस्ता नागरिकले युएई देशको चौतर्फी विकास र उन्नतिमा टेवा पुग्ने युएई सरकारले बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।