किवानिज् क्लवको संरक्षकत्वमा सार्वजनिक सौचालय सञ्चालनमा



माघ१७,दाङ। किवानिज् क्लव अफ राप्तीले स्थापना भएकाृे छोटो समयमा विभिन्न खाले सामाजिक कार्य गर्दै आएको छ । शनिबार तुलसीपुर बसपार्कमा बेवारीसे अवस्थामा रहेको सार्वजनिक सौचालयलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को सहकार्यमा सञ्चालनमा ल्याएको छ । यात्रुहरुको समस्यालाई मध्यनजर गरी तीन वर्ष पहिले बनेको सौचालय प्रयोग विहिन थियो । अहिले किवानिज् क्लव अफ राप्तीले सो सौचालयको मर्मत सम्भार गर्दै सञ्चालनमा ल्याएको छ । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक सौचालय निर्माण गरेपनि व्यवस्थापकिय कमजोरीका कारण सञ्चालन हुन नसकेको सो सौचालयलाइ पछिल्लो समयमा क्लव र तुलसीपुर उपमहानगरपालिका—५ का जनप्रतिनिधिहरुबीच सञ्चालनमा समन्वय भएपछि शनिबार वडाध्यक्ष विरेन्द्र कुमार शाहले सो सौचालय विधिवत रुपमा क्लवलाइ सरक्षकत्व र सरसफाइको व्यवस्थापनको जिम्मा दिंदै सौचालयको सांचो हस्तान्तरण गरेपछि सौचालय विधिवत रुपमा सञ्चालनमा आएको हो । बसपार्कको प्रवेशद्वारमै रहेको सौचालय लथालिंग भएर सञ्चालनमा नआउंदा सार्वजनिक सवारी चढ्ने यात्रुहरु र बाटो हिड्ने बटुवालाइ पनि समस्या हुंदै आएको थियो । तुलसीपुर उपमहानगरपालिकाले आफ्नै स्वामित्वको जग्गामा आफैले लगानी गरेर सार्वजनिक सौचालय बनाएपनि व्यवस्थापकिय अभावमा राम्रोसंग सन्चालन हुन सकेको थिएन । सौचालयको सांचा हस्तान्तरणगर्दै कार्यक्रमका प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—५ का वडाध्यक्ष शाहले क्लवको सामाजिक अभियानलाइ वडाले थप साझेदारी र सहकार्य गर्ने भन्दै चुस्त र दुरुस्त सरसफाइको व्यवस्थापन सहित सौचालय सञ्चालन गर्न पनि किवानिज क्लवलाइ आग्रह गरे । त्यसैगरी उनले क्लवमा आफु पनि जोडिन चाहेको भन्दै यस्ता सामाजिक अभियानमा वडाध्यक्षँ मात्रै नभएर वडाका सवै जनप्रतिनिधिहरुको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले हुन्छ वहादुर होइन, गरेर देखाउने अभियन्ताहरु खोजेका छौं, हामी झुठा आश्वासन वडाबासीहरुलाइ बांड्न चाहंदैनौं’—अध्यक्ष शाहले भने । समन्वय तथा व्यवस्थापनको जिम्मेवारी तुलसीपुर उपमहानगरपालिका—५ को हुने र सरसफाइ तथा संरक्षकत्वको जिम्मा किवानिज क्लव आफ राप्ती दाङलाइ हुने सहमती वमोजिम सौचालय विधिवत रुपमा सन्चालनमा आएकोमा सौचालय प्रयोग गर्न होटलमा खाजाखानुपर्ने बाध्यता पनि टरेर गएको छ । क्लवका अध्यक्ष विमल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता शुषमा गिरी, प्रकाश सेर्पाइली र केशव भण्डारी लगायतका वक्ताहरुले आ–आफ्ना भनाई राखेको थिए भने जागेश्वर वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सञ्चालन नरेन्द्र वलीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्