यातायात व्यवसायीहरुका समस्यालाई राज्यले सम्वोधन गर्नुपर्छः शर्मा



राप्ती यातायात सेवा प्रा.लि.का अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लुम्बिनी प्रदेश सदस्य एवम् समाजसेवी विनोद शर्मा संग यातायातका क्षेत्रमा र समसामयीक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर  थाहा कुराकानीमा थाहा अनलाईनका शरद रिजालले गरेको कुराकानी सारसंक्षेपमा……….

यहा लाईस्वागत छ थाहा कुराकानिमा ?

धन्यबाद !
आजभोलि यहा“को व्यस्तता केमा रहेको छ ?

म राप्ती यातायात सेवा प्रालिको अध्यक्षको जिम्मेवारीमा रही यातायात व्यवसायी साथीहरुका हरेक सुखदखमा सामेल हुँदै आएको छु । यातायात व्यवसायीहरुका हकहितका पक्षमा आवाज उठाउँदै आएको छु, साथै म समाजसेवामा पनि क्रियाशिल भएको कारण राजनीतिक, सामाजिक कार्यमा मेरो व्यस्तता रहेको छ ।

लकडाउनको प्रभाव समाजमा कस्तो पर्न गयो ?
विश्वव्यापी संकटको रुपमा देखा परेको कोभिड–१९ का कारण सरकारले देशव्यापीरुपमा लकडाउन ग¥यो । नागरिकको स्वास्थ्यको ख्याल गर्दै सरकारले गरेको कार्य सर्हानीय थियो । नागरिकको अभिभावक बन्नुपर्ने सरकार आफ्नै आन्तरिक खिचातानीमा रुमलिदिदा जनताले सास्ती व्यहोरेको सर्वविदितै छ । कोभिड–१९ कै कारण विश्वजगत छट्पटाइ रहेको अवस्थामा त्यसको प्रत्यक्ष असर हामीलाई पनि पर्न गयो । कोभिड–१९ का कारण मानव अतिस्त्व संकटमा पर्ने संकेत देखा परेको छ । भरखरै सरकारले कोभिडको खोप लागाउन सुरु गरेको छ यसय बाट पक्कै पनि राहत मिल्नेछ । अहिलेको यस्तो विषम परिस्थितीमा हामी सचेत हुन जरुरी छ । लकडाउनको अवधिमा धेरै अवसर पनि आए र चूनौतीको पनि सामना गर्नु प¥यो । चूनौतीलाई चिर्दै अवसरको सदुपयोग गरियो ।

तपाई यातायात प्रा.लि. को अध्यक्ष हुनुहुन्छ । प्रा.ली.का काम कर्तव्य के के हुन् ?
यातायात क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुका सुख–दुखमा साथ दिने दुर्घटना, औषधी उपचार, मृत्यु लगायतका विषयमा आवश्यक पर्ने कामको चाँजोपाजो मिलाउने काम प्रा.लि. ले गर्दछ । यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुका हकअधिकारका पक्षमा यातायात प्रा.लि.ले काम गर्ने गरेको छ । यात्रुहरुलाई सकुशल गन्तव्यमा पु¥याउने विषयमा यातायात प्रालि चनाखो हुनुपर्छ । समग्र भन्नुपर्दा यातायात व्यवसायीहरुका हकहितका पक्षमा आवाज उठाउने काम, कर्तव्य प्रालिका हुन् ।

यातायात व्यवसायीहरुले कस्ता समस्या झेलिरहेका छन् ?
बन्दाबन्दीको समयमा सबैभन्दा समस्या झेलेको व्यवसाय भनेको यातायात व्यवसाय हो । यातायात व्यवसाय सञ्चालन गर्ने मनशायले गाडी किनेका व्यवसायी गाडी कसरी चलाउने भन्ने कुराको दुविधामा रहेका छन् । अहिले पनि ढुक्क भई सवारी साधन चलाउने अवस्था छैन । विश्वव्यापी संकट बन्दै गएको कोराना भाइरसको संक्रमनबाट बच्दै व्यवसाय सञ्चालनमा हामी जुटेका छौं । लकडाउनका कारण ग्यारेजमा थन्किएर रहेका गाडी विग्रीएको अवस्थामा थिए, ती गाडीको मर्मतको लागि यातायात व्यवसायीसंग पैसा थिएन, जसोतसो व्यवसायीहरुले गाडी सञ्चालनमा ल्याई यात्रुहरुलाई सहजरुपमा गन्तव्यसम्म पु¥याएका छन् । अझैपनि कोभिड–१९ का मापदण्ड पुरा गरी गाडी चलाउने बाध्यता हामीमा छ । यस्तो विषम परिस्थितीमा हामीले कोभिड–१९ को जोखिम मोल्दै आमनागरिकलाई सार्वजनिक यातायातको माध्यमबाट सेवा प्रदान गरिरहेका छौं । हाम्रा समस्या ज्यूकात्यू छन् । सरकारले व्यवसायीका समस्या समाधान गर्ने कुनै संकेत देखाएको छैन । यातायत व्यवसायीहरुले बुझाउनुपर्ने बंैक व्याज, ऋण, विमा, कर, यातायात शुल्क जस्ता कुनै पनि विषयमा सरकारले सम्वोधन गरेको छैन । हाम्रो अभिभावक भनेको राज्य हो । यस विषयमा राज्यले गम्भिर भएर सोचेन र यातायात व्यवसायीको मर्कालाई सम्वोधन गरेन भने यातायात व्यवसायी पलायन हुने निश्चित छ ।

लकडाउनका कारण यातायात व्यवसायी मर्कामा परेको प्रष्ट देखिन्छ । सरकारले तपाईहरुको समस्या सम्वोधन ग¥यो ?
लकडाउनको समयमा सबैभन्दा बढी मर्कामा परेको व्यवसाय भनेको यातायात व्यवसाय हो । पटक–पटक सरकारलाई हामीहरुले समस्या सुनाउँदा हाम्रा कुनै समस्या समाधान गरेन । सरकारले हामी यातायात व्यवसायीहरुलाई समस्या समाधान गर्ने आश्वासन त दियो तर व्यवहारमा लागु गरेन ।

सिट संख्या भन्दा बढी यात्रु बोक्ने गाडीहरु माथि तपाइहरुको निगरानी र कारवाही कस्तो छ ?
हालसम्म पनि कोभिड–१९ को त्रास यथावत नै छ, यस्तो अवस्थामा हामीले सतर्कता अपनाउदै यात्रुहरुलाई गन्तव्यसम्म पु¥याइरहेका छौं । कहिकतै कुनै गाडीले सिट संख्या भन्दा बढी यात्रु बोकेको पाइएमा हामीले त्यस्ता गाडीहरुलाई कारवाही गर्ने सूचना दिईसकेका छौं । जिल्ला स्थित सम्पूर्ण यातायात प्रालिहरुले आ–आफ्नो प्रालि बाट गुड्ने गाडीको निगरानी गरिरहेको जानकारी यहाँहरुलाई दिन चाहन्छु ।

जिल्लाभर छरिएररहेका यातायात प्रा.ली. एक हुने सम्भावना छ् ?
यो सोचनीय कुरा हो । यसमा सबै यातायात प्रा.ली.हरुको ध्यान जान जरुरी छ । दुर्घटना, बिमा, मृत्यु जस्ता जो अकस्मात आईपर्ने घटनाहरुको सहज एवं सरल तरिकाले समाधान गर्नको लागि यातायात प्रा.ली. एक भएको अवस्थामा केही हदसम्म सजिलो हुन्छ भन्ने मेरो बुझाई हो । जुन यातायात व्यवसायिहरु एक्लैले यातायात सञ्चालन गर्दा अफ्ठेरो महशुस गर्नुभएको छ उहाँहरु प्रा.लि.को महत्व बुझि एकता गर्ने प्रयासमा हुनुहुन्छ । ढिलो चाँडो प्रालिको महत्व यातायात व्यवसायी साथीहरुले अवस्य बुझ्नुहुनेछ, हामि ढुक्क छौं त्यसबेला उहाँहरु एक प्रालिको लागि सहमतीमा आउनु हुनेछ ।

यातायात व्यवसाय सञ्चालन गर्दा प्रशासनिक झमेला कत्तिको आइपर्छन् ?
यातायात व्यवसाय सञ्चालन गर्दा प्रशासनिक झमेला अनगिन्ति आइलाग्छन् । स्थानीय प्रशासनले हामी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नै गलत छ । यसमा सरकारको ध्यान जान जरुरी छ । राज्यको ढुकुटीमा धेरै राजश्व बुझाउने यातायात व्यवसायीलाई अबका दिनमा सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक सोंच आउन जरुरी छ ।

प्रसंग बदलौं
तपाई नेकपाको नेता पनि हुनुहुन्छ । अहिलेको सरकारले जनचाहना अनुसार काम गरेन भन्ने आरोपलाई तपाई के भन्नुहुन्छ ?
सरकारले जनचाहना अनुसार काम गरेन भन्ने आरोपमा कुनै सत्यता छैन । विरोध गर्नेहरुले लगायको आरोप मात्र हो । जनताले दिएको सल्लाह सुझावलाई सरकारले शिरोधार्य गर्दै काम गरिरहेको सर्वविदितै छ । जनताको माग वमोजिम विकास निर्माणका काम भइरहेका छन् । सडक, स्वास्थ्य, शिक्षा, यातायात र सञ्चारको पहुँचमा जनतालाई पु¥याउने लक्ष्यका साथ सरकार लागि परेको छ । विकासले तीव्रगतीमा फड्को मारेको छ । गुणस्तरीय शिक्षाको थालनी भइरहेको छ । विशिषज्ञ चिकित्सक बाट स्वास्थ्य परिक्षण भईरहेको छ । देशका प्रत्येक गाउँटोल, बस्तीमा विकासको लहर छाएको छ, त्यसैले यो सरकारले केही गरेन भन्नु गलत हो । समाज परिवर्तनका लागि सकरात्मक सोंच हुनुपर्छ । समृद्ध नेपाल,सुखी नेपालीको सपना यहि सरकारले पुरा गर्ने कुरामा हामी विश्वस्त छौं ।

तपाई भर्खरै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश सदस्यमा चयन हुनुभएको छ । तपाईका आगामी योजना के छन् ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मलाई प्रदेश सदस्यमा भर्खरै चयन गरेको छ । पार्टीले दिएको जिम्मेवारी मैले मन,वचन,कर्मले पुरा गर्नेछु । लुम्बिनी प्रदेश भित्र नेकपाको संगठनलाई मजवुत बनाउने कार्यमा म अहोरात्र खट्ने छु । नेकपाका तमाम साथीहरुलाई संगठित गर्दै लुम्बिनी प्रदेशलाई नेकपामय बनाउने सोंच मेरो रहेको छ ।

कम्युनिष्ट नेता कार्यकर्तामा सैद्धान्तिक विचलन आयो भन्ने सुनिन्छ वास्तविकता के हो ?
समय सधै एकनाशको हुँदैन । हिजो बेग्लै थियो आज बेग्लै छ । हिजोका दिनहरुमा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरुले भूमिगतरुपमा संगठन तयार गर्दै तत्कालिन राज्य व्यवस्थाका विरुद्ध संघर्ष गरेको तपाई हामी सामु छर्लङ्ग छ । आज समय फेरिएको छ, हिजो राज्य व्यवस्थाका विरुद्ध संघर्ष गरेका कम्युनिष्ट नेता कार्यकर्ताहरु आज मुलुकको आर्थिक संवृद्धिका लागि संघर्ष गरिरहेका छौं । सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने दृढ ईच्क्षाशक्तिका साथ अघि बढेका छौं ।

सामाजिक, राजनीतिक क्षेत्रमा काम गर्दा कस्ता चूनौतीको सामना गर्नु प¥यो?
सामाजिक क्षेत्रमा चूनौती नै चूनौती छन्, अझ बढी चूनौती राजनीतिक क्षेत्रमा छ । समाजमा स्थापित हुनलाई सकारात्म कार्यको थालनी गर्नुपर्छ भने राजनीतिकमा स्थापित हुनलाई अनुशासनको पालना गर्नुपर्छ । सामाजिक क्षेत्रमा काम गर्दा अनगिन्ती चूनौती आइरहन्छन् चूनौतीलाई चिर्दै सकारात्मक कार्यको थालनी गर्न सकियो भने समाजप्रति जिम्मेवारी बढ्दै जान्छ । चूनौती देखि डराउने हो भने गन्तव्यमा पुग्न सकिदैन त्यसैले चूनौतीलाई सदुपयोग गर्दै अवसरको रुपमा लिनु पर्दछ । धेरै चूनौतीको सामना गर्नुपर्ने हुन्छ तर जिम्मेवारी वहन गर्ने क्रममा चूनौतीलाई अवसरको रुपमा सदुपयोग गर्न सकियो भने अवश्य गन्तव्यमा पुग्न सकिन्छ भन्ने मेरो बुझाई हो ।

शुभेच्छुक तथा यातायात व्यवसायीहरुलाई केही भन्नु छ ?
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मलाई मेरो कामको मूल्याङ्कन गर्दै लुम्बिनी प्रदेश सदस्यमा चयन गरेको छ । आफ्नो पदिय मर्यादालाई आत्मसाथ गर्दै मलाई यो अवसर प्रदान गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोखे्रललाई हृदयदेखि आभार प्रकट गर्दछु । मलाई सधै सकारात्मक सल्लाह, सुझाव र हौसला प्रदान गर्ने घोराही नगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लाई विशेष धन्यवाद ज्ञापन गर्दछु । साथै मलाई साथ र हौसला प्रदान गर्ने अग्रज नेतागण, सहकर्मी साथीहरु तथा पार्टीका आम कार्यकर्ताहरुलाई धन्यवाद दिनचाहन्छु । अहिले पनि कोभिड–१९ का कारण आमनागरिकको जनजीवन प्रभावित बनेको छ । यातायात व्यवसाय धरासाय छ । जोखिम मोल्दै व्यवसायी साथिहरुले गाडी गन्तव्यमा पु¥याइरहनु भएको छ । सुरक्षित तरिकाले यात्रुलाई गन्तव्यमा पु¥याउनु यातायात व्यवसायीहरुको धर्म हो । यातायात व्यवसायीहरुलाई पर्ने मर्कामा यहाँहरुले अवस्य साथ र सहयो दिनुहुने छ भन्ने अपेक्षा मैले लिएको छु । साथै राप्ती यायायात सेवा प्रालि बाट दिइने सेवा सुविधालाई भोलिका दिनहरुमा अझ व्यवस्थित गर्ने सोंच हाम्रो रहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

अन्त्यमा केही भन्नु छ ?
मलाई यातायात क्षेत्रका र समसामयीक राजनीतिक विषयमा मेरा विचाहरु राख्ने सु–अवसर प्रदान गर्नुभएकोमा तपाई लगायत यस थाहा अनलाईनलाई धन्यवाद !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्