अन्तरवार्ता

यातायात व्यवसायीहरुका समस्यालाई राज्यले सम्वोधन गर्नुपर्छः शर्मा

By Thah Online

January 31, 2021

राप्ती यातायात सेवा प्रा.लि.का अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) लुम्बिनी प्रदेश सदस्य एवम् समाजसेवी विनोद शर्मा संग यातायातका क्षेत्रमा र समसामयीक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर  थाहा कुराकानीमा थाहा अनलाईनका शरद रिजालले गरेको कुराकानी सारसंक्षेपमा……….

यहा लाईस्वागत छ थाहा कुराकानिमा ?

धन्यबाद ! आजभोलि यहा“को व्यस्तता केमा रहेको छ ?

म राप्ती यातायात सेवा प्रालिको अध्यक्षको जिम्मेवारीमा रही यातायात व्यवसायी साथीहरुका हरेक सुखदखमा सामेल हुँदै आएको छु । यातायात व्यवसायीहरुका हकहितका पक्षमा आवाज उठाउँदै आएको छु, साथै म समाजसेवामा पनि क्रियाशिल भएको कारण राजनीतिक, सामाजिक कार्यमा मेरो व्यस्तता रहेको छ ।

लकडाउनको प्रभाव समाजमा कस्तो पर्न गयो ? विश्वव्यापी संकटको रुपमा देखा परेको कोभिड–१९ का कारण सरकारले देशव्यापीरुपमा लकडाउन ग¥यो । नागरिकको स्वास्थ्यको ख्याल गर्दै सरकारले गरेको कार्य सर्हानीय थियो । नागरिकको अभिभावक बन्नुपर्ने सरकार आफ्नै आन्तरिक खिचातानीमा रुमलिदिदा जनताले सास्ती व्यहोरेको सर्वविदितै छ । कोभिड–१९ कै कारण विश्वजगत छट्पटाइ रहेको अवस्थामा त्यसको प्रत्यक्ष असर हामीलाई पनि पर्न गयो । कोभिड–१९ का कारण मानव अतिस्त्व संकटमा पर्ने संकेत देखा परेको छ । भरखरै सरकारले कोभिडको खोप लागाउन सुरु गरेको छ यसय बाट पक्कै पनि राहत मिल्नेछ । अहिलेको यस्तो विषम परिस्थितीमा हामी सचेत हुन जरुरी छ । लकडाउनको अवधिमा धेरै अवसर पनि आए र चूनौतीको पनि सामना गर्नु प¥यो । चूनौतीलाई चिर्दै अवसरको सदुपयोग गरियो ।

तपाई यातायात प्रा.लि. को अध्यक्ष हुनुहुन्छ । प्रा.ली.का काम कर्तव्य के के हुन् ? यातायात क्षेत्रमा लगानी गर्ने व्यवसायीहरुका सुख–दुखमा साथ दिने दुर्घटना, औषधी उपचार, मृत्यु लगायतका विषयमा आवश्यक पर्ने कामको चाँजोपाजो मिलाउने काम प्रा.लि. ले गर्दछ । यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुका हकअधिकारका पक्षमा यातायात प्रा.लि.ले काम गर्ने गरेको छ । यात्रुहरुलाई सकुशल गन्तव्यमा पु¥याउने विषयमा यातायात प्रालि चनाखो हुनुपर्छ । समग्र भन्नुपर्दा यातायात व्यवसायीहरुका हकहितका पक्षमा आवाज उठाउने काम, कर्तव्य प्रालिका हुन् ।

यातायात व्यवसायीहरुले कस्ता समस्या झेलिरहेका छन् ? बन्दाबन्दीको समयमा सबैभन्दा समस्या झेलेको व्यवसाय भनेको यातायात व्यवसाय हो । यातायात व्यवसाय सञ्चालन गर्ने मनशायले गाडी किनेका व्यवसायी गाडी कसरी चलाउने भन्ने कुराको दुविधामा रहेका छन् । अहिले पनि ढुक्क भई सवारी साधन चलाउने अवस्था छैन । विश्वव्यापी संकट बन्दै गएको कोराना भाइरसको संक्रमनबाट बच्दै व्यवसाय सञ्चालनमा हामी जुटेका छौं । लकडाउनका कारण ग्यारेजमा थन्किएर रहेका गाडी विग्रीएको अवस्थामा थिए, ती गाडीको मर्मतको लागि यातायात व्यवसायीसंग पैसा थिएन, जसोतसो व्यवसायीहरुले गाडी सञ्चालनमा ल्याई यात्रुहरुलाई सहजरुपमा गन्तव्यसम्म पु¥याएका छन् । अझैपनि कोभिड–१९ का मापदण्ड पुरा गरी गाडी चलाउने बाध्यता हामीमा छ । यस्तो विषम परिस्थितीमा हामीले कोभिड–१९ को जोखिम मोल्दै आमनागरिकलाई सार्वजनिक यातायातको माध्यमबाट सेवा प्रदान गरिरहेका छौं । हाम्रा समस्या ज्यूकात्यू छन् । सरकारले व्यवसायीका समस्या समाधान गर्ने कुनै संकेत देखाएको छैन । यातायत व्यवसायीहरुले बुझाउनुपर्ने बंैक व्याज, ऋण, विमा, कर, यातायात शुल्क जस्ता कुनै पनि विषयमा सरकारले सम्वोधन गरेको छैन । हाम्रो अभिभावक भनेको राज्य हो । यस विषयमा राज्यले गम्भिर भएर सोचेन र यातायात व्यवसायीको मर्कालाई सम्वोधन गरेन भने यातायात व्यवसायी पलायन हुने निश्चित छ ।

लकडाउनका कारण यातायात व्यवसायी मर्कामा परेको प्रष्ट देखिन्छ । सरकारले तपाईहरुको समस्या सम्वोधन ग¥यो ? लकडाउनको समयमा सबैभन्दा बढी मर्कामा परेको व्यवसाय भनेको यातायात व्यवसाय हो । पटक–पटक सरकारलाई हामीहरुले समस्या सुनाउँदा हाम्रा कुनै समस्या समाधान गरेन । सरकारले हामी यातायात व्यवसायीहरुलाई समस्या समाधान गर्ने आश्वासन त दियो तर व्यवहारमा लागु गरेन ।

सिट संख्या भन्दा बढी यात्रु बोक्ने गाडीहरु माथि तपाइहरुको निगरानी र कारवाही कस्तो छ ? हालसम्म पनि कोभिड–१९ को त्रास यथावत नै छ, यस्तो अवस्थामा हामीले सतर्कता अपनाउदै यात्रुहरुलाई गन्तव्यसम्म पु¥याइरहेका छौं । कहिकतै कुनै गाडीले सिट संख्या भन्दा बढी यात्रु बोकेको पाइएमा हामीले त्यस्ता गाडीहरुलाई कारवाही गर्ने सूचना दिईसकेका छौं । जिल्ला स्थित सम्पूर्ण यातायात प्रालिहरुले आ–आफ्नो प्रालि बाट गुड्ने गाडीको निगरानी गरिरहेको जानकारी यहाँहरुलाई दिन चाहन्छु ।

जिल्लाभर छरिएररहेका यातायात प्रा.ली. एक हुने सम्भावना छ् ? यो सोचनीय कुरा हो । यसमा सबै यातायात प्रा.ली.हरुको ध्यान जान जरुरी छ । दुर्घटना, बिमा, मृत्यु जस्ता जो अकस्मात आईपर्ने घटनाहरुको सहज एवं सरल तरिकाले समाधान गर्नको लागि यातायात प्रा.ली. एक भएको अवस्थामा केही हदसम्म सजिलो हुन्छ भन्ने मेरो बुझाई हो । जुन यातायात व्यवसायिहरु एक्लैले यातायात सञ्चालन गर्दा अफ्ठेरो महशुस गर्नुभएको छ उहाँहरु प्रा.लि.को महत्व बुझि एकता गर्ने प्रयासमा हुनुहुन्छ । ढिलो चाँडो प्रालिको महत्व यातायात व्यवसायी साथीहरुले अवस्य बुझ्नुहुनेछ, हामि ढुक्क छौं त्यसबेला उहाँहरु एक प्रालिको लागि सहमतीमा आउनु हुनेछ ।

यातायात व्यवसाय सञ्चालन गर्दा प्रशासनिक झमेला कत्तिको आइपर्छन् ? यातायात व्यवसाय सञ्चालन गर्दा प्रशासनिक झमेला अनगिन्ति आइलाग्छन् । स्थानीय प्रशासनले हामी व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण नै गलत छ । यसमा सरकारको ध्यान जान जरुरी छ । राज्यको ढुकुटीमा धेरै राजश्व बुझाउने यातायात व्यवसायीलाई अबका दिनमा सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक सोंच आउन जरुरी छ ।

प्रसंग बदलौं तपाई नेकपाको नेता पनि हुनुहुन्छ । अहिलेको सरकारले जनचाहना अनुसार काम गरेन भन्ने आरोपलाई तपाई के भन्नुहुन्छ ? सरकारले जनचाहना अनुसार काम गरेन भन्ने आरोपमा कुनै सत्यता छैन । विरोध गर्नेहरुले लगायको आरोप मात्र हो । जनताले दिएको सल्लाह सुझावलाई सरकारले शिरोधार्य गर्दै काम गरिरहेको सर्वविदितै छ । जनताको माग वमोजिम विकास निर्माणका काम भइरहेका छन् । सडक, स्वास्थ्य, शिक्षा, यातायात र सञ्चारको पहुँचमा जनतालाई पु¥याउने लक्ष्यका साथ सरकार लागि परेको छ । विकासले तीव्रगतीमा फड्को मारेको छ । गुणस्तरीय शिक्षाको थालनी भइरहेको छ । विशिषज्ञ चिकित्सक बाट स्वास्थ्य परिक्षण भईरहेको छ । देशका प्रत्येक गाउँटोल, बस्तीमा विकासको लहर छाएको छ, त्यसैले यो सरकारले केही गरेन भन्नु गलत हो । समाज परिवर्तनका लागि सकरात्मक सोंच हुनुपर्छ । समृद्ध नेपाल,सुखी नेपालीको सपना यहि सरकारले पुरा गर्ने कुरामा हामी विश्वस्त छौं ।

तपाई भर्खरै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश सदस्यमा चयन हुनुभएको छ । तपाईका आगामी योजना के छन् ? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मलाई प्रदेश सदस्यमा भर्खरै चयन गरेको छ । पार्टीले दिएको जिम्मेवारी मैले मन,वचन,कर्मले पुरा गर्नेछु । लुम्बिनी प्रदेश भित्र नेकपाको संगठनलाई मजवुत बनाउने कार्यमा म अहोरात्र खट्ने छु । नेकपाका तमाम साथीहरुलाई संगठित गर्दै लुम्बिनी प्रदेशलाई नेकपामय बनाउने सोंच मेरो रहेको छ ।

कम्युनिष्ट नेता कार्यकर्तामा सैद्धान्तिक विचलन आयो भन्ने सुनिन्छ वास्तविकता के हो ? समय सधै एकनाशको हुँदैन । हिजो बेग्लै थियो आज बेग्लै छ । हिजोका दिनहरुमा कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरुले भूमिगतरुपमा संगठन तयार गर्दै तत्कालिन राज्य व्यवस्थाका विरुद्ध संघर्ष गरेको तपाई हामी सामु छर्लङ्ग छ । आज समय फेरिएको छ, हिजो राज्य व्यवस्थाका विरुद्ध संघर्ष गरेका कम्युनिष्ट नेता कार्यकर्ताहरु आज मुलुकको आर्थिक संवृद्धिका लागि संघर्ष गरिरहेका छौं । सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने दृढ ईच्क्षाशक्तिका साथ अघि बढेका छौं ।

सामाजिक, राजनीतिक क्षेत्रमा काम गर्दा कस्ता चूनौतीको सामना गर्नु प¥यो? सामाजिक क्षेत्रमा चूनौती नै चूनौती छन्, अझ बढी चूनौती राजनीतिक क्षेत्रमा छ । समाजमा स्थापित हुनलाई सकारात्म कार्यको थालनी गर्नुपर्छ भने राजनीतिकमा स्थापित हुनलाई अनुशासनको पालना गर्नुपर्छ । सामाजिक क्षेत्रमा काम गर्दा अनगिन्ती चूनौती आइरहन्छन् चूनौतीलाई चिर्दै सकारात्मक कार्यको थालनी गर्न सकियो भने समाजप्रति जिम्मेवारी बढ्दै जान्छ । चूनौती देखि डराउने हो भने गन्तव्यमा पुग्न सकिदैन त्यसैले चूनौतीलाई सदुपयोग गर्दै अवसरको रुपमा लिनु पर्दछ । धेरै चूनौतीको सामना गर्नुपर्ने हुन्छ तर जिम्मेवारी वहन गर्ने क्रममा चूनौतीलाई अवसरको रुपमा सदुपयोग गर्न सकियो भने अवश्य गन्तव्यमा पुग्न सकिन्छ भन्ने मेरो बुझाई हो ।

शुभेच्छुक तथा यातायात व्यवसायीहरुलाई केही भन्नु छ ? हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मलाई मेरो कामको मूल्याङ्कन गर्दै लुम्बिनी प्रदेश सदस्यमा चयन गरेको छ । आफ्नो पदिय मर्यादालाई आत्मसाथ गर्दै मलाई यो अवसर प्रदान गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय शंकर पोखे्रललाई हृदयदेखि आभार प्रकट गर्दछु । मलाई सधै सकारात्मक सल्लाह, सुझाव र हौसला प्रदान गर्ने घोराही नगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लाई विशेष धन्यवाद ज्ञापन गर्दछु । साथै मलाई साथ र हौसला प्रदान गर्ने अग्रज नेतागण, सहकर्मी साथीहरु तथा पार्टीका आम कार्यकर्ताहरुलाई धन्यवाद दिनचाहन्छु । अहिले पनि कोभिड–१९ का कारण आमनागरिकको जनजीवन प्रभावित बनेको छ । यातायात व्यवसाय धरासाय छ । जोखिम मोल्दै व्यवसायी साथिहरुले गाडी गन्तव्यमा पु¥याइरहनु भएको छ । सुरक्षित तरिकाले यात्रुलाई गन्तव्यमा पु¥याउनु यातायात व्यवसायीहरुको धर्म हो । यातायात व्यवसायीहरुलाई पर्ने मर्कामा यहाँहरुले अवस्य साथ र सहयो दिनुहुने छ भन्ने अपेक्षा मैले लिएको छु । साथै राप्ती यायायात सेवा प्रालि बाट दिइने सेवा सुविधालाई भोलिका दिनहरुमा अझ व्यवस्थित गर्ने सोंच हाम्रो रहेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

अन्त्यमा केही भन्नु छ ? मलाई यातायात क्षेत्रका र समसामयीक राजनीतिक विषयमा मेरा विचाहरु राख्ने सु–अवसर प्रदान गर्नुभएकोमा तपाई लगायत यस थाहा अनलाईनलाई धन्यवाद !