ओली समूहका २० जना नेताले आफूलाई साथ दिने बचन दिए – नेपाल



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओली समूहका नेताहरू पनि ढिलो चाँडो मूल नेकपामा फर्किने बताएका छन्। प्रतिनिधिसभा पुनस्थापना भए ओली समूहका २० जना नेताले आफूलाई साथ दिने बचन दिएको नेपालले बताए।

बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकोले मूल नेकपा पनि आफूहरू भएको दाबी पनि गरे। आइतबार अखिल नेपाल किसान महासङ्घको बैठकमा नेपालले प्रधानमन्त्री केपी ओलीले आफूतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए। तर ओलीले उक्त प्रयास असफल भएको उनको दाबी छ।

नेपालले आफूतिरका नेताहरू ओली समूहमा जान अस्वीकार गरिरहेको पनि बताए। उनले पार्टीले गर्ने विरोध सभामा किसानहरूको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिएका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्