कमरेड प्रचण्ड
मैले तपाईंलाई नचिन्दै
तपाईंको नाम नसुन्दै
तपाईंको अनुहार नदेख्दै
तेह्र वर्षको बालो उम्मेरमा नै
तपाईंको विचार बोकेर हिँडे
तपाईंले उचालेको झण्डा बोकेर हिँडे
तपाईंको आदर्शको गाथामा
आफ्नो निजी स्वार्थ त्यागेँ
तपाईंको आदर्शलाई
जीवनशैली बनाएँ
तपाईंकै आह्वानमा
सर्वहाराकारण भएँ
तपाईंले उद्घोष गरेको जनयुद्धमा
कैयौँ आफन्तजन गुमाएँ
कठोर जेलजीवन बिताएँ
तपाईंले माओवाद अंगाल्दा
मैले अनुशरण गरेँ
तपाईंले प्रचण्डपथ ल्याउँदा
मैले आलोचना गरे
तपाईंले प्रचण्डपथ फाल्दा
मैले समर्थन गरेँ
तपाईं शासक बन्दा
मैले साथ छोडेँ
तपाईं सडकमा आउँदा
मैले साथ दिएँ
म पालुङ्टारसम्म
तपाईंकै दस्तावेज बोकेर हिँडे
तर तपाईंले कमरेड
जनविद्रोहको कार्यदिशा
सुकुटेमा छोडेर फर्किंदा
कथित शान्ति र संविधानको कार्यदिशा
पेरिसडाँडामा भित्र्याउँदा
यो क्षणिक कार्यनीतिक सिफ्ट हो भन्दा
मैले पेरिसडाँडामा
लिखित असहमति सहित भनेको थिएँ
कमरेड यो कार्यनीतिक सिफ्ट मात्रै नभएर
तपाईंको संसदीय कार्यदिशा माथिको
रणनैतिक सिफ्ट हो
तपाईंले बाबुरामको लाईन बोक्नु भयो
मलाई स्वीकार्य छैन ।
हो कमरेड,
त्यसपछि धोबीघाट भयो
डिनर पार्टी चल्यो
बाबुरामको सरकार बन्यो
जनमुक्ति सेना विघटन भयो
पार्टी विभाजन भयो
म क्रान्तिकारी लाइनमा लागेँ
पहिलो संविधानसभा विघटन भयो
पहलकदमी माओवादीको हातबाट गयो
दोश्रो संविधानसभाको चुनाव भयो
मैले बहिष्कारको झण्डा बोकेँ
मत परिणाम आयो
तपाईं पहिलोबाट तेस्रोमा झर्नु भो
दलाल पुँजीवादी संसदीय संविधान बन्यो
तपाईं सरकार बनाउने र गिराउने
संसदीय खेलमा लाग्नु भयो
म क्रान्तिको तयारीमा लागेँ
तपाईंले केपीसँग पिरती गाँस्नु भयो
जेट विमानको को–पाईलट पनि बन्नु भयो
म कमरेड विप्लवको नेतृत्वमा अघि बढेँ
हाम्रो फरक यहीँ पर्यो कमरेड ।
हो कमरेड प्रचण्ड,
केपी ओलीले कमरेड विप्लवलाई
उखानटुक्का हाली हाली उडाउँदा
तपाईं उनकै छेउमा बसेर
जुँगा मुसारी मुसारी हाँसेको पनि देखियो
उनले लगाएको प्रतिबन्ध पनि भोगियो
अहिले फेरि तपाईंलाई नै
उखान टुक्का हालीहाली
केपीले लात हानेको पनि देखियो
तपाईंले आदर्श मानेको संविधानलाई
केपिले बुटले कुल्चेको पनि देखियो
सर्पलाई जति दूध खुवाए पनि
आखिर मौका मिले टोक्छ भनेको
यही हैन र कमरेड ?
वर्ग भुलेपछि
विचार छोडेपछि
आस्था ढलेपछि
आखिर यस्तै हुने हैन र कमरेड ?
कमरेड माधव नेपाल
मदन भण्डारीको हत्या हुँदा
मैले सात वामको आन्दोलनमा
तपाईंसँगै लठ्ठी खाएको थिएँ
दासढुंगामा तपाईंसँगै उर्लिएको थिए
सहरका गल्लीहरूमा
झण्डा बोकेर उफ्रिएको थिएँ
दोस्रो जनआन्दोलन ताका
ज्ञानेन्द्रको प्रतिगमन कालमा
सातदलको शीर्ष नेताको हैसयतले
तपाईं कैलालीमा आउँदा
तपाईं प्रमुख अतिथि भएको
संयुक्त कार्यक्रमको अध्यक्षता
धनगढीमा मैले नै गरेको थिएँ
सुप विश्वविद्यालयको डेलिगेसन जाँदा
बल्खुमा पनि भेटेको थिएँ
काठमाडौं केन्द्रित आन्दोलनमा पनि
तपाईंसँगै गिरफ्तार गरेको थिएँ
संयोगश,
आज तपाईं दुबै कमरेडहरु
कमरेड माधव नेपाल
कमरेड मदन भण्डारीको हत्याहुँदा
मैले सात वामको आन्दोलनमा
तपाईंसँगै लठ्ठी खाएको थिएँ
दासढुंगामा तपाईंसँगै उर्लिएको थिएँ
सहर बजारका गल्लीहरूमा
झण्डा बोकेर उफ्रिएको थिएँ
दोस्रो जनआन्दोलनताका
ज्ञानेन्द्रको प्रतिगमन कालमा
सात दलको शीर्ष नेताको हैसयतले
तपाईं कैलालीमा आउँदा
तपाईं प्रमुख अतिथि भएको
संयुक्त कार्यक्रमको अध्यक्ष ता
मैले नै गरेको थिएँ
सुप विश्वविद्यालयको डेलिगेसन जाँदा
बल्खुमा पनि भेटेको थिएँ
काठमाडौं केन्द्रित आन्दोलनमा पनि तपाईंसँग गिरफ्तार भएको थिएँ
संयोगवश,
आज तपाईं दुवै कमरेडहरु
केपीको प्रतिगमनका विरुद्ध
देश दौडाहा गर्ने क्रममा
धनगढीको आमसभामा आउनु भयो
मञ्चबाट केपीलाई खुबै गाली गर्नु भयो
अस्ति भर्खरै यही मञ्चबाट
केपीले पनि तपाईंहरूलाई
यस्तै गाली गरेर गए
आधिकारिक पार्टी मै हुँ भने
मेरो कदम अग्रगमन हो भने
उनले चुनावका कुरा गरेर गए
तपाईंहरूले संसद पुनःस्थापित गर्ने कुरा गर्नु भयो
केपी प्रतिगामी हुन् भन्नु भयो
सिद्धान्तका कुरा भएनन्
क्रान्तिका कुरा सुनिएनन्
आखिर कुरा एउटै सुनियो
कुर्सीको मात्रै रोइलो सुनियो ।
हो कमरेड,
तपाईंहरूले धनगढीको खुलामञ्चबाट
भाषण गर्नु भयो
मैले धनगढीको कारागारबाट
टिभीमा तपाईंहरुको भाषण सुनेँ
ज्ञानेन्द्रको प्रतिगमनमा पनि
म यही जेलमा थिएँ
अहिले केपीको प्रतिगमनमा पनि
यही जेलमा छु
तपाईंहरु केपीको प्रतिगमन भन्नु हुन्छ
म केपीको फासीवाद भन्छु
तपाईंहरु संसदबाद भन्नु हुन्छ
म वैज्ञानिक समाजवाद भन्छु
तपाईंहरूलाई केपीले सडकमा फालेका छन्
मलाई जेल हालेका छन्
हाम्रो बीचमा
फरक यति त भयो हैनर कमरेड ?
हाल कैलाली कारागार ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।