Banner First

तत्कालिन राजनीतिक संकट नै व्यवस्थाकाे कारण

By Thah Online

February 01, 2021

माघ १९ , काठमाडौँ । क्रान्तिकारी पत्रकार संगठन नेपालले बर्तमान राजनीतिक कारण व्यवस्था कि शासक बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश बक्ताहरुले दिएको प्रमुख कारण अहिलेको व्यवस्था रहेको बताएका छन्। कार्यक्रममा बोल्दै अहिलेको ब्यबस्था प्रमुख कारण रहेको बताएका हुन्।

अन्तरक्रिया कार्यक्रम संवाद डबली अनामनगरमा भएको हो। शासक कि व्यवस्थालाई जोड दिदैं गरिएको कार्यक्रममा राजनीतिक व्यक्ति , विश्लेसक , श्रमजीबी पत्रकार लगाएतको उपस्थित रहेको थियो। नेकपा (क्रान्तिकारी माओबादी )का बरिष्ठ नेता सीपी गजुरेलले ओलीले संबिधानमा नभएको बिघटन गरेको बताएका छन्। आफ्नै पार्टीका नेताहरुले अविस्वास पेश गर्न भैसकेपछि प्रधानमत्री पद जोगाउन ओलीले जबर्जस्तीको धारा बनाएर संसद बिगटन गरेको दाबी गरे।

नेता गजुरेलले ब्यबस्थाको प्रतिगमनलाई अग्रगमनले मात्र परास्त गर्न सक्ने बताए। यथास्थितिमा पुनः स्थापन गरेर परिबर्तन नहुने उनको दाबि थियो। अग्रगामी शान्तिपूर्ण निकासको लागि छलफल गर्न सबै तयार हुनुपर्ने भनाइ राखे। नेपालको राजनीतिक बाह्य शक्तिको हातमा गैसकेको बताउदै प्रधानमन्त्रि ओलीले चुनाब गर्न नसक्ने दाबि गरे।

नेकपा प्रचण्ड – माधब पक्षका स्थायी समिति सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा खराब भएकाले अहिलेको राजनीतिक संकट पैदा भएको बताएका छन्। पाण्डेले व्यक्ति र ब्यबस्था एक अर्काका परिपुरक भएको बताउदैं व्यक्तिका कारण देशलाइ संकटमा लिन नमिल्ने जिकिर गरे। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सत्ता स्वार्थका लागि (नेकपा ) दुवै पक्ष लागेको बताए। उनले कुर्सि बचाउन ओलीले संसद बिगटन गरेको र कुर्सीकै लागि प्रचण्ड – माधब सडकमा निस्किएको बताए।

कार्यक्रममा पत्रकार कमल बुढाले अहिलेको राजनीतिक संकट व्यवस्थाका कारण निम्तिएको बताउदैं त्यसको बिकल्प खोज्न आग्रह गरे कार्यक्रमको संगठनका उपाध्यक्ष जन्मदेव जैसीले गरेका थिए भने कार्यक्रम संचालन महासचिब बाबुराम भुसालले गरेका थिए।