माओबादी केन्द्र सरकारबाट बाहिरीयो- महरा



सैघाली खबर,
तुलसीपुर २८ पुस।
उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेकपा माओबादी केन्द्र सरकारबाट बाहिरीएको बताउनुभएको छ । संबाद समुह क्षेत्रीय सचिबाल तुलसीपुरको आयोजनमा आज शुक्रबार स्वागत तथा बधाई कार्यक्रममा नेकपा माओबादीका नेता समेत रहेका महराले हिजो बिहीबार नै पदबाट राजीनाामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संयुक्त रुपमा दिएको खुलासा गर्नुभयो ।

हिजो पुस २७ गते सार्बजनीक बिदा परेकोले माओबादीको तर्पmबाट सहभागि भएका मन्त्रीहरुको संयुक्त राजीनामा अध्यक्ष प्रचण्ड मार्फत पेश हुन नसकेको बताउनुभयो । वर्तमान सरकारले वाम गठबन्धनको सरकार गठनका लागि ढोका खोलिदिनुपर्ने उपप्रधानमन्त्री महराले आग्रह गर्नुभयो ।
उहाले प्रदेश राजधानी बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो । मेरो ब्रह्मले देखेको छ,प्रदेश राजधानी दाङ हुन्छ । राष्ट्रिय सभाको निर्वाचनको प्रदेश स्तरीय केन्द्र दाङ तोकिएकाले पनि अर्को सम्भाबना बढेको छ,उहाले भन्नुभयो । उहाले थप्नुभयो,सुरक्षा निकायले पनि दाङ प्रदेश राजधानीका लागि उपयुक्त छ, भन्नेमा दृढ रहेको उपप्रधानमन्त्री महराले बताउनुभयो ।

नेकपा एमालेका नेता एबम प्रदेश सभा सदस्य शंकर पोख्रेलले लोकतन्त्रको भजन गाँउनेहरुले नै लोकतन्त्रीक प्रणालीलाई उपहास गरेको आरोप लगाउनुभयो । उहाले भन्नुभयो,चुनाव सम्पन्न भएको १ महिना बितीसकेको राज्यले सरकार गठनका लागि ढोका खोल्दैन । अन्यौलाता बिच मुलुकलाई अगाढी बढ्को बताएका पूर्ब मन्त्री पोख्रेलले अव संघिय संरचनामा बिभिन्न बिबाद आउन सक्छन्,त्यति बेला संबाद प्रक्रियाको आबश्यकता पर्नें बताउनुभयो । उहाले प्राकृतिक स्रोत साधानको उपयोग,केन्द्र र सीमा जस्ता बिषयमा बिबाद हुन सक्ने बताउनुभयो ।
संबाद समुहका सदस्य टीकाराम रेग्मीको अध्यक्षतामा भएको स्वागत तथा बधाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी,प्रदेश सभा सदस्यद्धय अमरबहादुर डाँगी र उत्तरकुमार वली लगायतले मुलुकमा देखिएको राजनीतिक घटना क्रम,प्रदेश राजधानी, जनजीविकाका सवालका बिषयमा भनाई राख्नुभएको थियो ।

स्वागत मन्तब्य संबाद समूह सदस्य ढुण्डीराज लामिछाने,धन्यबाद ज्ञापन सदस्य राधिका परियार रज्ञापन सदस्य राधिका परियार र सहजीकरण सहजकर्ता सुशील बस्नेतले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्