दाङमा छुटाछुटै घटनामा परी तिन जनाको मृत्यु



सैघाली खबर,
दाङ, २८ पुस ।– जाडोले कठ्याङग्रीएर दाङको गढवा गाउँपालिका – १ बडहराका ७१ बर्षिय जोखु चौधरीको ज्यान गएको छ । चौधरी सहारा विहीन अपाङ्ग रहेका थिए । चौधरीको न्यानो कपडाको अभावमा कठ्याङग्रीएर ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुल भ्यानको ठक्करबाट दाङको लमहीमा एक बालकको ज्यान गएको छ । लु १ क १३५३ नम्वरको मन्टेश्वरी स्कूलको भ्यानले ठक्कर दिँदा लमही नगरपालिका – ५ चैलाहीका एक बर्षीय बालक अब्दिल अन्सारीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
यस्तै बसको ठक्कर बाट लक्ष्मण चौधरीको ज्यान गएको छ। घोराही देखि लमही जादै गरेको ना ४ ख ६१६१ नम्बरको बसको ठक्कर बाट घोराही ३ बदुर्वाका करीब ६० बर्षीया चौधरीको निधन भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्