नवलपरासीमा तीन लाख भन्दा बढि मूल्य बराबरको अवैध मालसामान बरामद



माघ २०
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले भारतबाट अवैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याई राखेको अवस्थामा करीब ३ लाख ७७ हजार ८ सय २ रुपैया मुल्य बराबरको अबैध मालसमान बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले मंगलबार बर्दघाट नगरपालिका वडा नं २ चिसापानीबाट ११ कार्टुन टिपरको एयर फिल्टर बरामद गरेको छ ।

बरामद भएका मालसामान मंगलबार नै आवश्यक कार्यवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी राजु लामाले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्