प्रतिनिधिसभा बिगटन बिरुद्द अनेरास्ववियूले गर्याे सडक चक्काजाम



माघ २१ ,काठमाडौँ । प्रतिनिधिसभा संसद बिगटन बिरुद्द अनेरास्ववियूले सडक चक्काजाम गरी कार्यक्रम गरेकाे छ । संसद बिगटन बिरुद्द अनेरास्ववियूले सडक चक्काजाम गरी कार्यक्रम गरेकाे  हाे ।

संसद बिगटन बिरुद्द सडकमा उत्रिएको प्रचण्ड – माधब समुहले शक्तिशाली आन्दोलन गर्दै आएको छ। प्रचण्ड – माधब पक्षधर बिद्यार्थी संगठन अनेरास्ववियूले संसद बिगटन बिरुद्द बिरोधको कार्यक्रम अन्तर्गत चक्काजामको लागि १४ ओटा स्थान बाट शान्तिपूर्ण आन्दोलन भएको छ।आज भएको घोषणा कार्यक्रम अन्तर्गत चक्काजामको कार्यक्रम भएको हो।

 

अनेरास्ववियूले  घोषणा गरेको सडकजामको कार्यकम बिहान रत्नराज्यलक्ष्मी (आर आर)क्याम्पस , बाल्मिकी क्याम्पस ,शंकरदेव क्याम्पस ,विश्वभाषा हुदै प्रदशनीमार्गमा करिब आधा घण्टा सडकजाम गरि सफल पारेको आर आर क्याम्पसका स्ववियु सभापतिले बताए। उक्त कार्यक्रम सभापति केन्द्रिय कमिटि सदस्य तपेन्द्र बहादुर शाहीको नेतृत्वमा भएको हो। प्रतिगमनकारीलाइ कुनै हालतमा नछोड्ने बताउदै शाहीले यसको निम्ति युवाहरु लागि पर्न अनुरोध गरे। युवा बिध्यर्थिको निकै उपस्थित भएको कार्यक्रम कालो कफन बाँधेर गरिएको बताएको छ।

शाहीको नेतृत्वमा भएको कार्यक्रम करिब नौ बजे सुरु भइ  सडक चक्काजाम गरेको बताइएको छ। कार्यकममा केन्द्रिय कमिटि सदस्य महेश श्रेष्ठ , आर आर स्ववियु सचिब नारायण शर्मा ,कोषाध्यक्ष संगम देवकोटा ,बिद्यार्थी युवा नेता देवेन्द्र शर्मा , बिराज धमला , कुशल बुढाथोकी , संगम लामा,   प्रकाश देवकोटा ,मिनराज पाण्डे , दीपक बस्नेत , श्रीस्टी रानामगर ,संगीता उप्रेती ,लक्ष्मन सुनार ,विवेक गैरे लगाएत सयौं युवा विद्यार्थीको उपस्थीत रहेको थियो।

खरो रुपमा देखिएका युवाको जमातलाई सुरक्षा व्यवस्था कडा रुपमा पारिएको थियो। प्रतिगमनका बिरुद्द अझै उग्र रुम लिन सकिने पनि दाबी युवाहरुको छ। प्रतिगमनलाई घुंडा नटेकाए सम्म सडक छोड्दैनौं युवा बिद्यार्थी नेता बिराज धमलाले बताए। यसका निम्ति कुनै मूल्य नचुकाउने दाबि समेत गरे।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्