जापानमा राेजगारी खुल्ला, केयर गिभरको माग



माघ २१, काठामाडौं ।केयर गिभरको माग गरी जापानमा राेजगारी खुल्ला गरेकाे छ । वैदेशिक रोजगारीका लागि जापानबाट केयर गिभरको माग आएको छ । सिनामंगलमा रहेको इम्पेरीयल ओभरसिज प्रा.लि ले जापानको लागि केयर गिभरको डिमाण्ड ल्याएको हो ।

इम्पेरीयलले जापानको(Woodland Kube Business Coopertaive) को लागि ३ जना केयर गिभरको डिमाण्ड ल्याएको छ । वैदेशिक रोजगार काठामाडौं कार्यालय ताहाचलबाट २०७७ माघ २० गते केयर गिभर (पुरुष १, महिला २ जना) को डिमाण्ड पुर्व स्वीकृति लिएर विज्ञापन गरिएको छ । केयर गिभरको न्यूनतम मासिक तलब १ लाख ८४ हजार जापानीज ऐन अर्थात् आजको विनिमय डर अनुसार २ लाख ३ हजार रहेको छ भने खान र बस्न अतिरिक्त शुल्क तिर्नुपर्दन । करार अवधि ३ वर्षको हुने उल्लेख छ ।

विज्ञापन प्रकाशित भएको १० दिनभित्र आवेदन दिनुपर्ने छ भने छनौटको लागि अन्तर्वार्ता माघ ३० गते म्यानपावर कार्यालयमा हुने जनाईएको छ । सेवा शुल्क बापत म्यानपावर कम्पनीले ५० हजार मात्रै लिने जनाईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्