राहदानी आवेदन संकलन अस्थायी कार्यालय राख्दै साउदी स्थित नेपाली दूतावास



माघ २१, काठमाडौँ । राहदानी आवेदन संकलन अस्थायी कार्यालय  राख्ने  साउदी स्थित नेपाली दूतावासले तयारी गरेकाे छ । साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको हाे । सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि आउँदो शुक्रबार र शनिबार, ५ र ६ फेब्रुअरी २०२१ मा दमामको देहायको स्थान र समयमा अस्थायी कार्यालय सञ्चालन गरिने भएको हो ।

ग्रिन सपिंग सेन्टरसंगै रहेको मुगल रेस्टुरेन्ट दमाममा (पुरानो अल खयाम रेस्टुरेन्ट) https://goo.gl/maps/ffw7cMGJAWRG3kzEA (लोकेशन थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस )बिहान ८ बजे देखि अस्थायी कार्यालय सञ्चालन गरिनेदूतावासले जनाएको छ । लिष्टमा नाम भएका सेवाग्राहीहरूले राहदानी आवेदनका लागि आउँदा आवस्यक कागजात लिएर आउनु पर्ने छ ।यसरी आउँदा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी) साथमा लिएर आउनुपर्ने छ ।

त्यस्तै राहदानी दस्तुर साउदी रियाल- २००।- लाग्ने छ । भने,हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४०० लाग्ने दूतावासले जनाएको छ । दूतावासका अनुसार,पछिल्लो समय साउदी अरबमा कोरोनाभाइरसको संक्रमण फैलिंदै गएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने भन्दै एक घण्टामा १५ जनासम्मको मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर ३५ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन गर्न सकिने छ ।यसरी आउँदा राहदानी आवेदकहरू मात्र आउन दूतावासको अनुरोध गरेकाे छ ।

राहदानीका लागि आवेदन दिएका सेवाग्राहीहरुको नामावली  :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्