मुख्य समाचार

उम्मेदवार टुंगो लगाउन कांग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

By थाहा अनलाइन

June 09, 2017

काठमाडौं, जेठ २६ – दोस्रो चरणको स्थानीय तहको चुनावका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक शुक्रबार पनि बस्ने भएको छ । दिउँसो २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय तहको दोश्रो चरणको चुनावका लागि उम्मेदवार तय हुन बाँकी रहेका ठाउँमा उम्मेद्वार टुंगो लगाउने विषयमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् । चुनाव हुन बाँकी २ महानगरपालिका तथा उपमहानगरपालिका र धेरै नगरपालिकामा कांग्रेसले अझै उम्मेद्वारको टुंगो लगाउन सकेको छैन ।