राज कुमार कार्की पहिले-पहिले कामगरे ज्याला लिन्थे। कहाँ कहिल्यै निसुल्क नै पो दिन्थे।।
तर अहिले कुर्सीबाट निकाने काम निसुल्क अरे! एक दुई सामाजिक अभियानता भन्नेले घोषणा गरे!!
बिना प्रतिस्पर्धा आफूले आफूलाई घोषणा गरे! नेपाली जनता भने अझै ठूलै अलमलमा परे!
कमाउने पनि अब त आएछ नयाँ -नयाँ तरिका। कामगरी खान नसक्ने आभारा निक्लिए थरीथरीका।।
गर्दैछन् यिनले जहिले मपाईत्वको लडाइँ। के कानुनमा खिया लागेको हो त छैन कडाइ?
बैकुण्ठ मानन्धर पनि प्रतिस्पर्धा गरेरै बने धाबक । कोही कतै जिउँदो निक्लिएन यिनलाई हान्न चाबुक।।
लौन हो अब त केही गर चुहान डाँडाघरे काका। बादलमा मोतिबिन्दु भयो कि डाक्टरलाई डाक।।
किन हो आजकाल तोरी बारीमा बारुला पसे! सबको अफिस – अफिसमा पसि सबैलाई डसे।।
पहिले- पहिले दु:ख दिन्थ्यो के के वादीले। तर फेरि दु:ख दिन थाले दुई चार खाव वादीले।।
पहिले-पहिले बन्दुक बोकि लुटेको रहेछ। कानुनमा खिया लाग्दा पो छुटेको रहेछ।।
लौन हो बादल दाइ मकै भटमास जस्तै भुट। नदेउ अब त खाव वादीलाई कानुनले छुट।।
धन्यवाद ।