दैलेखमा गर्जिय तिर्थ सुनार



माघ २१,दैलेख । नेपाल दलित मुक्ती संगठन दैलेखको जिल्ला भेलामा बोल्दै दलित अधिकारकर्मी तिर्थ सुनारले दलितलाई कथित माथिल्ला जातहरुले थिचोमिचोमा पारेको बताउनुभएको छ। जिल्ला भेलामा बोल्दै दलित अधिकारकर्मी  सुनारले दलितलाई कथित माथिल्ला जातहरुले थिचोमिचोमा पारेको बताउनुभएको हाे ।

कार्यक्रममा बोल्दै उहाले विकसित देशहरुको तुलनामा कुन जात /कुन धर्म हो भन्ने कुरा को मतलब रहदैन तर नेपालमा भने शासकहरुले चलाएको दमनले दलित पछि परेका बताउनु भयो।

अब दलित हरु एक भएर लाग्नुको बिकल्प नरहेको सुनारले स्पस्ट पार्नुभयो।अब कसैको आश,भरोसा र कुनै पार्टी तथा संगठन को पछि लाग्नुभन्दा ब्यक्तिगत रुपमा अग्रसर हुनुपर्ने सुनारको भनाई छ।कार्यक्रममा बोल्दै सुनारले सभामा एक बोल्ने र घरमा छुट्टै व्यबहार गर्ने मानिसहरु विशेष समस्याको रुपमा रहेको बताउनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्