काठमाडौं। मंगलबार उच्च अंकले बढेको बजारमा माघ २१ गते बुधबार ६ अंकको करेक्सन देखिएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्तिममा ६ अंकले घटेर बन्द भएको हो। बुधबार नेप्से सूचक ६.८१ अंकले घटेर २४६६.९२ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ सूचक भने ०.९२ अंकले बढेको छ।
यस दिन कारोबारमा आएका १२ वटा उपसमूहहरुमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.२१ प्रतिशतले घटेको छ। बुधबार २०२ वटा कम्पनीको २ करोड २० लाख ४० हजार ५१६ कित्ता शेयर ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैयाँमा खरिद बिक्री भएको छ।
बुधबार ४ कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने उन्नति लघुवित्तको ९।९८ प्रतिशत, जनउत्थान सामुदायीक लघुवित्तको ९.९८ प्रतिशत र र महुलि सामुदायिक लघुवित्तको ९.८१ प्रतिशतले बढेको छ।
यता पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको ४.३९ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.८६ प्रतिशत, प्रोग्रेशिभ फाइनान्सको ३.५८ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ३.४५ प्रतिशतले घटेको छ।
बुधबार ग्लोबल आईएमई बैंकको सबैभन्दा धेरै ६० करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड २० लाख, अरुण कावेली पावरको ३४ करोड ६० लाख, नेपाल दुरसञ्चार कम्पनीको ३२ करोड ५४ लाख र नेपाल बैंकको २९ करोड रुपेयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये १०७ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ५८ वटा कम्पनीको शेयरमूल्य बढेको छ। त्यस्तै ८ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।