किर्गिस्तानमा उलुक्बेक मरिपोभ नयाँ प्रधानमन्त्रीमा चयन



एजेन्सी। किर्गिस्तानमा उलुक्बेक मरिपोभ नयाँ प्रधानमन्त्रीमा चयन भएका छन्। यही जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडीर झापारोभले राजीनामा दिएपछि उनी किर्गिस्तानमा नयाँ प्रधानमन्त्रीमा चयन भएका हुन्।

किर्गिस्तान संसदले उलुक्बेक मरिपोभ नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो। संसद्ले सरकारको नयाँ संरचना र कार्यक्रमहरूलाई समेत पारित गरेको अधिकारीहरूले जनाएका छन्।
संसद् बैठकमा बोल्दै नवनिर्वाचित प्रधानमन्त्री ४१ वर्षीय मरिपोभले नयाँ संरचना र कार्यक्रमहरूले सामाजिक तथा आर्थिक समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गरे।

संसद्ले पारित गरेको नयाँ संरचनामा मन्त्रिपरिषद्को संख्या घटाइएको छ भने उपप्रधानमन्त्रीको सख्या एक मात्रै गरिएको छ।

त्यसैगरी मन्त्रीहरूको संख्या पनि १६ मा झारिएको छ। यसअघि मन्त्रीहरूको संख्या २२ रहेको थियो। केही मन्त्रालयहरू गाभेर वा आधा आधा बाँडेर नयाँ मन्त्रालय बनाएको छ भने केही मन्त्रालयमा सामान्य परिवर्तन गरिएको छ।

नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टीङ चेम्बरको अध्यक्षको रूपमा कार्यरत थिए। एकाउन्टीङ चेम्बर किर्गिस्तानको लेखापरीक्षणसम्बन्धी राज्यको निकाय हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्