कविता : नगर बन्द हड्ताल



देशलाई बिदेश अब त नबनाउ।
बिदेशलाई देश कहिल्यै नबनाउ।।

आफ्नै बन्चरोले आफैलाई नहनाउ।
आफ्नो चिहान आफैले नै नखनाउ।।

यस्तै रहेछ त है नेपालीको यो बर्ष।
आफ्नै छाया सँग आफै नै नतर्स।।

बन्द हडतालले कसैलाई हुदैन भलो।
किन चुट्छौ है गोरु अड्काएर हलो।।

किन अरुण तेस्रो पहिले बन्द गरेउ?
लोडसेडिङ नेपालीको भागमा पारेउ।।

नगर है अब कहिल्यै नेपाल बन्द।
बन्दलाई मोड है अब त अन्त।।

एक बर्ष भो झन्डै घरमा बसेको।
भर्खर भुन्टे र काली स्कुल पसेको।।

नबनाउ है रछ्यान पोइको काख।
घरको झगडालाई घर भित्र राख।।

बन्द हडतालले गर्दैन कसैलाई भलो।
किन चिताउछौ नेपाल माथि कुभलो।।

किन बसेन भरियाको टाउकोमा नाम्लो?
नबनाउ आफ्नो लागि आफै साङ्लो।।

किन तर्सिन्छौ पिँजडाको माउते देखेर।
इतिहासले छाड्ने छैन राख है लेखेर।।

नगर अब त अहिल्यै बन्द र हडताल।
जनताले हाल्लान है फेरि हरिताल।।

नबस अब त सडकमा घाम नै तापेर।
नलगाउ कलङ्क इतिहासमा छापेर।।

होस गर है अर्थतन्त्र भै सक्यो अब जर्जर।
बन्द हडताल फिर्ता लेउ है अहिले भर्खर।।

धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्