शिक्षाको गुणस्तर घट्यो डा. बिद्यानाथ



सैघाली खबर

दाङ २८ पुस । शिक्षाबिद डा. बिद्यानाथ कोईरालाले शिक्षकको नियतीमा समस्या हुँदा शैक्षिक गुणस्तर खस्किएको बताउनु भएको छ । उहाँले शिक्षा प्रणालीमा नभई शिक्षकको नियती समस्या रहदा गुणस्तर खस्किएको बताउनु भएको हो ।

 

शिक्षा सञ्चार संजाल तुलसीपुरले आयोजना गरेको कार्यक्रममा ले शिक्षक, विद्यार्थी र अभिभावकलाई सन्तुष्टिको साथै राज्यले तोकेको उदेश्यमा सन्तुष्टि भएको प्रष्ट पार्नुभयो । सञ्जालका संयोजक ओपेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा उनले गुणस्तरीय शिक्षाका लागि बिद्यार्थी र शिक्षक गुणस्तर बन्नुपर्ने । उहाले ‘जब सम्म बिद्यार्थी र शिक्षक गुणस्तर हुँदैनन्, तब सम्म शिक्षामा गुणस्तर बृद्धि हुँदैन् ।’

सरकारी बिद्यालयले प्रभाबकारी रुपमा पठन पाठन नगराएर सरकारी बिद्यालयको शैक्षिक गुणस्तरबृद्धि हुन नसकेको वताउनुभयो । पछिल्लो समय अभिभाबकको आर्थिक स्थिती बढेकाले बालबालिकालाई निजि बिद्यालय पठाउने गरेको भन्दै उनले निजिमा बिद्यार्थी बढेको र सरकारीमा घटेको वताउनुभयो । । शिक्षा सञ्चार सञ्जालका सदस्य दिपक बोहराले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सदस्य निरला अर्याल गैरेले गर्नु भएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्