आठ महिनाको बच्चा आमाको दुबै मृगौला फेल



माघ २२,दाङ । घोराही उपमाहानगरपालिका वडा न १३ निवासी २९ बर्षिया सुनिता नेपाली दुवै मृगौला फेल भएको छ। बिरामी हुदैं गर्दा चेकजाँचको क्रममा मृगौला फेल भएको पाइएको हो।बच्चा जन्मेको ११ दिनमै मृगौला फेल भएको पाइएको हो। कामको शिलशिलामा भारत गएकी उनलाई यस्तो समस्या आएको हो।

आर्थिक स्थिति कमजोर भएकी सुनितालाई डाक्टरले बाच्ने अवस्था कम छ भनेपछि उनको अवस्था नाजुक बन्दै गएको छ। अहिले सम्म सहयोग कुनै माध्यम बाट नभएको भन्दै सहयोगको आशा गरेको सुनिताकी आमाले बताइन। सानो बच्चा भएकाले उनको अवस्थाले गर्दा बच्चाको भबिस्य कस्तो होला चिन्ताको बिषय बनेको छ। शारीरिक अवस्था कमजोर बन्नुका साथै सास फेर्न समेत गारो हुने गरेको छ। घरजग्गा बिहिन सुनिता उपचारको लागि सहयोग गरिदिन अपिल गर्छिन। सानो आठ महिनाको बच्चा भएकाले उसको भबिस्य आमाको यो अबस्थाले निकै समस्या हुने उनि भन्छिन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्