माघ २३ , काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले नेकपाको सत्तापक्षीय नेकपाको सभामा उपस्थित हुन आह्वान गरेका छन् । केहिबेर अघि आफ्नो फेसबुकमा एउटा सन्देश पोष्ट गर्दै, सत्तापक्षीय नेकपाको सभामा उपस्थित हुन आह्वान गरेका हुन् । फेसबुकमा ‘सत्तापक्षीय नेकपाको सभामा उपस्थित हुन आह्वान भनेर ।’ लेखेका छन् । मानौ, अहिले केपी शर्मा ओली, रामबहादुर थापाहरुले सत्ता चलाएका छैनन् । उनिहरु कुनै बिद्रोहको मैदानमा उत्रेर लडाई, झगडा गर्न खोजिरहेका छन् ।
जस्ले सरकार चलाएको छ, उसैले सभा जुलुश, बन्द हड्ताल, प्रदर्शन आदिको आह्वान गर्नु भनेको त्यो देशका जनता सबैभन्दा अभागी सावित हुनु हो । बिपक्षी दल वा सरकार बाहिर रहेकाले प्रदर्शन गर्नु विश्वभर स्वभाविक मानिन्छ । तर, सरकार पक्षले जुलुश वा सभा गर्नु भनेको यो घोर गैरजिम्मवार प्रमाणित गर्छ ।
विपक्षी वा अन्य पक्षका सभा र विरोधका कार्यक्रम रोक्नका लागि सरकार पक्षीय दल लडाईंको मैदानबाट बाहिर आउन सक्नुपर्छ । सरकार चलाउनेले अराजक रोेक्न पहल गर्नुपर्छ । बार्ता गर्नुपर्छ । सभा जुलुश नहोस भनेर सरकार इतरपक्षका मागहरु संबोधन पो गर्नुपर्छ । उल्टो सरकार स्वंय मुठभेडको अबस्था सृजना गर्नु भनेको जनताप्रति गैरउत्तरदायी बन्नु हो ।
थोरै अतिततिर फर्कों । मैले आजभन्दा २ बर्ष अघिदेखि सत्तारुढ नेकपा फुट्ने संभावना, यो फुटले देशलाई पार्ने असर, सत्तारुढ नेकपाको कारणले पार्ने दुरगामी प्रभाव र त्यसले निम्तने देशको बर्बादीका बारेमा सयौं पटक चित्रण गर्दे आएको छु । सोही आधारमा अन्य विज्ञ वा केहि राजनीति जानकारहरुले धेरैपछि मात्र मेरो बिश्लेषणको हुवहु कपी गर्दे बोल्न थालेका कुरा कतिपय मेरा शुभचिन्तकहरुलाई याद छ । अब फेरि आज म नयाँ केहि बिषय तपाईंहरुलाई जानकारी दिन गइरहेको छु ।
१. केपी शर्मा ओलीको जबसम्म सत्ताबाट बर्हिगमन हुँदैन, यो अराजक गतिबिधी चरमउत्कर्षमा पुग्नेछ । त्यो बेलासम्म मुलुकले धेरै क्षति ब्यहोर्नुपर्ने निश्चित छ ।
२.ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जहिले पनि भन्ने एउटै कुरा हो,‘तिमी पनि दुई पटक राष्ट्रपति भयौ, म पनि दुई पटक प्रधानमन्त्री भइसकें । नेपालको इतिहासमा तिम्रो मेरो नाम लेखिसकेको छ । मैले जे जे भन्छु, अब त्यो खुरुखुरु मान्दै जानु । त्यसैले, अब सजिलै कुनै हालतमा नेपालको सत्ताको बागडोर कसैलाई सुम्पनु हुँदैन । बिरोध गर्नेले गर्दे जाउन , जे जे गर्नु गरुन । तर, हामी जति जब्बर बन्न सक्यौं उति, हाम्रो नाम इतिहासमा लेखिनेछ ।’ (दुबैजनाका निकस्थहरुका भनाइका आधारमा) । यसरी ओलीले राष्ट्रपति पद पनि आफ्नै आदेश अनुसार चलाइरहेका छन् । ओली र भण्डारीको नाम इतिहासमा लेखिएला, तर इतिहासमा नेपाल रहला वा नरहला भन्ने यो खराब परिणामको साक्षी हामी पनि हुने हौं । यसको दोषीको भागिदार हामी बन्नेछौं । अपराध गर्नेको बिरोध नगर्नु भनेको अपराधको मतियार मानिन्छ । त्यसैले, जबसम्म भण्डारी र अोलीको बर्हिगमन हुँदैन, तबसम्म देश रसातलमा भासिने निश्चित छ ।
३, अहिले राजाबादीहरु, संघीयता बिरोधीहरु र हिन्दु धर्मका पक्षधरहरुले ओलीबाट आफ्ना माग पुरा हुने आशा राखेका छन् । यो पुरै भ्रम हो । ओलीलाई न गणतन्त्रको माया छ, न राजतन्त्रको मोह छ । न देश न जनता कुनैप्रति उनलाई जिम्मेवारबोध छैन । ओलीले आफ्नो समुहको फाइदाका लागि मात्र काम गर्छन् । ओलीले देश रहोस वा नरहोस, यो तर्फ कुनै मतलब छैन । जनताले दुख पाउन वा जे सुकै गरुन्, यो तर्फ पनि मतलब छैन । मतलब छ त, केबल आँफु पक्षीय नेता कार्यकर्ताको फाइदाका लागि जुनकुनै सौदाबाजीमा होमिन चाहन्छन् । त्यसैले, उनि हरेक दिन बिरोधका कार्यक्रम गर्न चाहन्छन् र विपक्षीहरुलाई बन्द हड्ताल, सभा, जुलुश गर्न उक्साइरहेका छन् । (सुन्नुहोस, उनका भाषण र गालीका शब्दहरु ) ।
४, तत्कालिन माओबादीको युद्धलाई ओलीले बिरोध गर्दे आएका थिए भन्ने धेरैलाई भ्रम छ । उनले देश र जनताको माया भएर त्यो बिरोध गरेका होइनन् । ओलीले आँफु चर्चामा आउन नपाएर त्यतिबेला प्रचण्डहरुको बिरोध गरेका हुन् । तपाईँहरुलाई याद छ, जब कुलमान घिसिङलाई पुननियुक्ति गर्न चौतर्फी दबाब हुँदा ओलीले किन टेरेनन् ? किनकी, उनले जो चर्चामा आउँछ, उसैलाई सिद्ध्याइदिने उनको पुरानो रोग हो । यो बिषयमा बिस्तृत कुराहरु, राधाकृष्ण मैनालीले ओलीका बारेमा पुस्तकमा पनि समेटेका छन् ।
५, ओली सरकारका पालामा आर्थिक बृद्धिदर शतप्रतिशत खराब छ । महंगी चौपट बृद्धि भएको छ । (हेर्नुहोस, बिभिन्न तथ्यांकहरु ) । भ्रष्टाचार उकालो लागिरहेको छ । गरिबी प्रतिशत बढेको छ । बिकास शुन्य गतिमा छ । तर, पनि ओलीले यी सबै तथ्यांकलाई उल्टो ब्याख्या गरिदिन्छन् । ओलीले झुट किन बोल्छन् ? थाहा छ ? ‘किनकी, आफ्ना समर्थकको आडमा अब बाचुन्जेल सत्ता चलाइरहने उनको एक मात्र उद्धेस्य छ । यसमा राष्ट्रपति भण्डारीको साथ पाइरहेका छन् ।’ न उनले कुनै चुनाव गर्छन्, न कुनै अन्य दललाई सत्ता हस्तान्तरण गर्छन्, उनले अबको बैशाखदेखि निरन्तर संकटकाल लगाएर शासन चलाउँदैछन् । यसका लागि, सैनिक मुख्यालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय र सरकारका सबै शक्तिशाली अड्डाहरु उनले आफ्नो मातहतमा ल्याइसकेका छन् । बैशाखसम्म सत्ता पक्षीय नेकपा र बिपक्षी नेकपाको घमासान चलिरहन्छ । त्यतिबेलासम्म पनि कांग्रेस ब्युँझने छैन । त्यसपछि ओलीले देशमा अर्ध सैनिक शासनको स्वरुपमा संकटकाल लगाएर लगातार देशलाई बन्धक बनाउनेछन् । अबको नेपालको राजनीति नक्सा यसरी नै अघि बढ्नेछ । शुभ समय ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।