तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गराउनको लागि अन्तरकृया



कपिलवस्तु , २३ माघ
शान्तिका अग्रदुत गौतम बुद्धले २९ बर्ष बिताएको पबित्र ठाउँ तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने प्रकृयाका लागि संरक्षित स्मारक क्षेत्र घोषणा सम्बन्धि अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । कपिलवस्तु संग्रलयमा भएको कार्यक्रममा लुम्बिनी बिकास कोष , पुरातत्व बिभाग , स्थानिय सरकारका प्रतिनिधीहरु , राजनितिक दलका पार्टी प्रतिनिधी , पत्रकार र स्थानिय बासिन्दाहरुको सहभागितामा कार्यक्रम भएको हो ।
छलफल कार्यक्रममा नेपाल सरकार पुरातत्व बिभाग बिश्व सम्पदा संरक्षण शाखा प्रमुख शुरेस सरस श्रेष्ठले संरक्षित स्मारक क्षेत्र घोषणा प्रकृयाको बारेमा बताउनु भएको थियो ।

उहाँले यस संरक्षित क्षेत्र घोषणाको लागि ४ किल्ला तोक्नु पर्ने बताउनु भएको हो । तर चार किल्ला भित्रको कति क्षेत्रफल चाहिने र कुन कुन क्षेत्र भन्ने बताउनु भएन ।

स्थानिय सरकारका प्रतिनिधी , राजनितिक दलका प्रतिनिधी , स्थानिय बासी लगायतले तिलौराकोट लाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्नको लागि चालिएको प्रकृयाको प्रसंसा तथा सहयोग गर्ने प्रतिबध्यता जनाउनुको साथै तिलौराकोट जग्गा अधिग्रहण प्रकृयाको बारेमा पनि चाँसो देखाएका थिए ।

कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले संरक्षित क्षेत्र घोषण प्रकृयामा आफुहरुले सघाउने बताउदै बर्षैा देखी यही स्थानमा बस्दै आएका स्थानिय वासी हरुको जनजिविकाको लागि संचालन र ब्यवस्थापनमा पुरातत्व बिभाग र लुम्बिनी बिकास कोष गम्भीरहुनु पर्ने बताउनु भएको थियो ।

त्यसै गरी राजनितीकर्मी बाबुराम खनालले किसानहरुलाई सरकारले उचित मुवाजा प्रदान गर्ने र बफर जोन तथा कोर जोनमा परेका सबै जग्गा अर्थात श्रेस्ता अनुसार अधिग्रहण गरि ब्यवस्थापन गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै लुम्बिनी बिकास कोषका सदस्य राजेश ज्ञवालीले जिल्लाका पुरातत्व संग सम्बन्धित साइटका स्थानियहरु संग मिलेर कार्यक्रमहरुको तय गरि अगाडी बढ्ने बताउनु भएको थियो ।

पुुराततव बिभागका जग्गा अधिग्रहण प्रारम्भिक अधिकारी राम बहादुर कुवँरले २०७३ साल देखी हाल सम्मा २५ बिगहा क्षेत्रफल जग्गा अधिग्रहण भएको र मन्त्रि परिषद बाट ७५ बिगहा जग्गा यस बर्ष अधिग्रहण गर्ने पारित भएको छ । तर रकम यस बर्षको लागि १४ करोड ९० लाख मात्र रहेको हुनाले शिवगढ गाउँको २० घरधुरी र केही खोती वाला जमिन मात्र अधिग्रहण गर्न सकिने बताएका थिए ।

त्यही अन्तरगत गाउँ ब्लक जग्गामा घर बनाई बसेका र बिबिध कारणले लाल पुर्जा प्राप्त गर्न न सकेकाहरुको लागि यही माघ ७ गते बसेको बैठकले उहाँहरुले पनि यस बर्ष लालपुर्जा प्रप्त गर्ने र जग्गा पनि अधिग्रहण हुने बताएका थिए ।

ल्ुाम्बिनी बिकास कोषका सदस्य सचिव सानु राजा शाक्यकाे अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पुरातत्व बिभाग , लुम्बिनी किास कोष र स्थानिय सरकारको बीचमा कुनै तालमेल न रहेको ब्यापक गुनासो उठेको थियो ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्