ग्रामीण क्षेत्रको जीवनस्तर उठाउँछु महरा



सैघाली खबर
दाङ , २८ पुस नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनीधिसभा सदस्य कृष्ण बहादुर महराले ग्रामीण क्षेत्रको जीवनस्तर उठाउँछु माथी उठाउन आफु लाग्ने वताउनु भएको छ । मतदातालाई धन्यावाद ज्ञापन गर्न बंगलाचुली पुगेका महराले मतदता संग भेटघाट गर्दैयस्तो बताउनु भएको हो ।हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा महरालाई मतदान गरी विजयी गराउने २ नम्वर निर्वाचन क्षेत्र अन्र्तगत दाङको बंगलाचुली गाउँपालिको विभिन्न वडामा पुगेर जनतालाई धन्यवाद ज्ञापन गर्नु भएको हो ।

 

सो अवसरमा बोल्दै महराले जनता र राष्ट्रको सेवा गर्नु नै आफ्नो प्रमुख दायित्व भएको बताउनु भएको छ । महराले समाज परिवर्तन गर्नका लागि सवैभन्दा पहिला ग्रामीण भेगका जनताको जीवनस्तर माथि आउनु पर्ने भन्दै निरन्तर जनताको संपर्कमा रहेर जनताकै काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

महराले भन्नुभयो,‘गाउँ–घरमा शिक्षा,स्वाथ्य,खानेपानी,विद्युत,यातायात जस्ता जनताका आधारभूत आवश्यकता समेत पूर्तिहुन नसकेको ठाउँको विकास गर्नु नै मेरो पहिलो लक्ष्य हो ।’ महराले आफ्नो निर्वाचन क्षेत्रमा २७ वटा वडाहरु रहेको स्मरण गर्दै त्यी क्षेत्रको विकासका लागि आफुले गुरुयोजना बनायर अगाडी बढ्ने समेत बताउनु भयो ।

महराले घोराही मुर्कुटी सडक खण्डलाई आफ्नो उमेर संग दाँज्नु भएको छ । उहाँले भन्नुभयो,‘यो बाटो र मेरो उमेर बरावर रहेछ । मेरो जन्म र यो बाटोको सुरुवात संगै भएको रहेछ तर यतिका वर्ष सम्म कालोपत्रे नहुनु दुःखको कुरा हो । यहाँको विकास निर्माणले मलाई नै कुरेर बसेको रहेछ । मैले यो वाटोलाई कालोपत्रे गर्नका लागि बजेट हाल्दीएको छु ,कालोपत्रे हुन्छ र यहाँको विकास पनि हुन्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्