गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको गित सार्बजनिक (भिडियो सहित)



गायक योगेश भट्टको स्वरमा रहेको ‘हाम्रो माया’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीको यूट्युव च्यानल मार्फत गित सार्वजनिक गरिएको छ । पछिल्लो समय निकै ब्यस्त रहने नृत्य निर्देशक रमेश बिजुली वि.सीको निर्देशन रहेको उक्त गितमा गायक स्वयम योगेश भट्ट र मिनु महतको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको सम्पादन कृष्ण बाबुले गरेका छन् ।

सूदुर पश्चिम प्रदेशको कर्णाली चिसापानी क्षेत्रमा गितको छायांकन गरीएको छ । गायक योगेश भट्ट थुप्रै गित बजारमा आई सकेका छन् । गायक भट्ट २०६४ सालमा आयोजना गरिएको सुदुरपश्चिम आईडलका थर्ड रनर अप र २०६५ सालमा आयोजना गरिएको टीकापुर आईडलका फष्ट रनर अप हुन् । बिभिन्न समस्याका बिच पर्दा पछाडीबाटै संघर्ष गरिरहेका गायक भट्टले यो गितबाट आफुले धेरै आशा गरेको कैलाली खबरलाई बताए ।

भिडियो हेर्नुहोस्:

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्