सैघाली खबर
दाङ,२८ पुस । माओवादी केन्द्रका नेता एवं प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराले राष्ट्रिय सभापछि नयाँ सरकार गठन गरिने बताउनु भएको छ । मतदातालाई धन्यावाद ज्ञापन गर्न बंगलाचुली पुगेका महराले मतदता संग भेटघाट गर्दैयस्तो बताउनु भएको हो केही संबैधानिक जटीलतका कारण वामपन्थीहरुको सरकार बन्न ढिलाई भएको भन्दै,राष्ट्रियसभा को निर्वाचन लगत्तै सरकार निर्माण हुने जीकीर गर्नु भयो ।
महराले भन्नुभयो,अहिलेको सरकार पुरानो भईसक्यो । यसले अव जनताको काम गर्दैन । जनताको काम अवबन्ने वामपन्थीहरुको सरकारले गर्ने छ । त्यतीवेलानै जनताले सोचेअनुसारको काम हुन्छ ।’ महराले अव छिटै एमाले र माओवादी केन्द्र विच पार्टि एकता हुने समेत बताउनु भयो ।
जतामा अहिले पार्टि एकता हुदैनकी भन्ने संका उब्जीएको भन्दै संका नगर्न सबैलाई आग्रह समेत गर्नु भयो । साथै दुई पार्टी विचको एकता पछि देशले नयाँ मोड लिनेसमेत बताउनु भयो ।
महराले बंगलाचुली गाउँपालिका को, एक देखि छ नम्वर वडा सम्म पुगेर मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको छ । बंगलाचुलीको खाडा,मर्पेस,बोजपोखरा,पुरुङ,कमिरेचैर,भूतनेटा,र मूर्कुटीमा पुगेर धन्यवाद ज्ञापन गर्नु भएको हो । भने छुटेको ठाउँमा पनि फेरी जाने बताईएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।