‘टुङगियो मस्लिम समुदाय विचको जग्गा विवाद ’



गिरिराज नेपाली
जेष्ठ २६ दाङ । परम्परागत देखी नै एकै थलोमा पुजापाठ , मृत्यु दहाँसस्कार गर्दै आएका दुई मुस्लिम समुदाय विच केही वर्ष यता विवादित वन्दै आएको जग्गा विवाद टुङगिएको छ । जमाते अल्सफिया एैलेधिस र शुन्य एैले सुन्नत आला हर्जत समुदाय विच विवादास्पथ वन्दै आएको जग्गा विवाद वुधवार उच्च अदालत तुलसीपुर निषेधाता जारी गर्दै टुङग्याएको छ । तुलसीपुर उच्च अदालतका मुख्य न्यायधिश बम कुमार श्रेष्ठ र वरिष्ठ न्यायधिश अग्नी थपलियाको एकल ईजालाशले जमाते अल्सफिया एैलेधिस समुहका शौकतली र हवी उल्लाह सिद्दिकीको नाममा उक्त जग्गा पर्ने भएकाले व्यक्तिको नाममा रहेको जग्गा व्यक्तिको अनुमति बेगर कसैले पनि प्रयोग गर्न नपाईने भन्दै निषेधआज्ञा जारी जमाते अल्सफिया एैलेधिस समुहको पक्षमा फैसला भएको छ ।

j3
साँविक घोराही नगरपालिका ९ –क को कित्ता न. ५४९ , ४५० र ४६० जमाते अल्सफिया एैलेधिस समुहका शौ कतली २ कट्ठा र हवी उल्लाह सिद्दिकीका ११ कट्ठा १२ धुर र १ कट्ठा १६ धुर जग्गा दुई व्यक्तिका नाममा रहेकाले व्यक्तिको जग्गा ,व्यक्तिको अनुमति विना कसैले पनि भोगचलन गर्न नपाईने ‘विपक्षले जवरजस्ती गर्न नपाई , अनुमति विना कसैले पनि प्रवेश गर्न नपाईने , विपक्षले कुनै डरधम्की क्रास दिन नपाईने र नलगाउने र निवदेक लाई नथुन्ने ’ लगाएतका निषेधित गर्दै जसको जग्गा हो उसैको पक्षमा फैसला भएको उच्च अदालत तुलसीपुरका न्यायधिय डिल्लीराज धितालले जानकारी दिए । उनले भने ‘ व्यक्तिको नाममो जग्गा कसैले पनि प्रयोग गर्न वा गराउन पाईदैन । ’ तर परम्परागत दुवै समुदायले एउटै रहे पनि केही १०÷१२ वर्ष यता एउटै समुदाय जमाते अल्सफिया एैलेधिस र शुन्य एैले सुन्नत आला हर्जत समुदायमा विभाजन भए पछि जग्गा विवादको समस्या देखा परेको हो । उक्त १५ कट्ठा ८ धुर जग्गा जमाते अल्सफिया एैलेधिस समुहका व्यक्तिहरुको पर्ने भएकाले उक्त समुहले आफुहरुको अनुमति विना नै शुन्य एैले सुन्नत आला हर्जत समुहका व्यक्तिहरु शव दहासंस्कार गर्ने र पुजापाठ गर्दै आईरहेकाले ०७२ साल श्रावण ३१ गते जिल्ला प्रशासन कार्यालय दाङका निवेदन पेश गरेको थियो । आफ्नो स्वामित्वमा रहेको जग्गा हर्जत समुहले अनुमति विना नै भोगचलन गर्दै आईरहेकाले उक्त हस्तक्षेपको तत्काल वन्द गर्न आग्रह गर्दै जमाते अलसफिया समुहले जिल्ला प्रशासनमा लिखित निवेदन पेश गरेका थिए । लिखित निवेदनको निकास प्रशासन वाट निचोड ननिस्कीए पछि उक्त निवदेक समुृह जमाते अल्सफियाले पुनरावेदन गरी उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए । तर परम्परागत देखी नै एैले सुन्नत आला हर्जत समुहले पनि उक्त जग्गाको भोगचलन गर्दै आईरहेकाले र वावुवराजुहरुको उक्त जग्गामा लगानी गरेको दावी गर्दै एैले सुन्नत आला हर्जत समुहले थप रिट पेश गरी भोगचलनको माग गरेका थिए । तर एैले सुन्नत आला हर्जत समुहले आफुहरुको लगानी पनि उक्त जग्गामा लागेकाले समुह विभाजनका क्रममा दुवै जना जग्गा धनि जमाते समुहमा परेकाले उक्त जग्गाको अधिकार आफ्नो समुह वाट खोसिएको हर्जत समुहको भनाई छ । सुन्नत आला हर्जतसमुहका एक जना व्यक्तिले नाम नखुलाउने शर्तमा सैघाली खवर संग कुरा गर्दै भने ‘हामीहरुको पनि त्यसमा लगानी छ ।

j4’ त्यसको उपयोग हामी पनि गर्न पाउनु पर्छ । दुवै समुहका परम्परा र संस्कार मिल्ने , एउटै वाजे वजुराका सन्तान भएकाले दुवैको अधिकार छ । तर एकलौटी जमाते समुहले अधिकार प्रयोग गर्न खोजेको उनले आरोप लगाए । उनले भने ‘जग्गा खरिदमा दुवै समुहको लगानी छ । तर समुह विभाजनले मात्रै एक पक्ष लाई कटौती गरी अर्काे पक्ष लाई जग्गा धनिको रुपमा देखाएको छ । तर व्यावहारीक रुपमा हेर्ने हो भने दुवै समुहले परम्परागत देखी नै भोगचलन गर्दै आएको जग्गा भविष्यका सन्तती सम्मले पनि प्रयोग गर्न पाउनु पर्छ । भने जमाते समुह तर्फ वाट अधिवक्ता डिल्लीराज धिताल र रिविन्द्र कुमार धिताल वहस गरेका थिए भने , हर्जत समुह तर्फ वाट अधिवक्ता वामदेव शर्मा , पुष्कर वहादुर भण्डारी , प्रकाश कुमार रेग्मी र विष्णु प्रसाद धितालले वहस गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्