जनयुद्धको झल्को साईलीमा




सैघाली खबर

दाङ २८ पुस जनयुद्धको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘साईली’ निर्माण भएको छ । दंगाली कलाकारहरुले उक्त चलचित्रको निर्माण गरेका हुन् । माओवादी युद्धको समयमा देश र जनताको लागि ज्यानकै बाजी लगाएर होमिएका जनयुद्ध सेनाको कथालाई पर्दामा उतारिएको चलचित्रका कथाकार सुदन थापाले जानकारी दिनुभयो ।चलचित्रको बारेमा शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ । चलचित्र निर्माण टिमले घोराहीमा पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी दिएको हो ।

दाङ र रोल्पाको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा द्धन्द्धकालिन समयको दृश्यदेखी अवकाश पाएका पूर्व जनमुक्ती सेनाको कथालाई समावेश गरिएको अर्का निर्माता बसन्त बुढाथोकीले जानकारी दिनुभयो ।

‘म रुकुममा हुर्केको मान्छे, द्धन्द्धकालीन सबै घटना देखे भोगे, त्यसपछि शान्ति सम्झौतापछि पूर्व लडाकुहरुको अवस्था नि नजिकबाट देखेको छु’ चलचित्रका कथाकार थापाले भन्नुभयो­ ‘यी सबै दृश्य देखेर नै मैले यो चलचित्रको कथा लेखेको हुँ । सबैले माया गरिदिनुहुनेछ । हेरेर सल्लाह दिनुहुनेछ ।’ काल्पनिक रुपमा चित्रण गरिएको भएपनि यो चलचित्रको कथा धेरैको जिवनसँग मेल खान सक्ने थापाले बताउनुभयो ।

सुदन थापाको कथा, बसन्त बुढाथोकी र सुदन थापा निर्माता रहेको चलचित्र ‘साईली’को निर्देशन अंकित डिसीले गर्नुभएको छ । लोकराज घर्तिले छायांकन गरेको चलचित्रको सुवर्ण बस्नेत सम्पादन गर्नुभएको छ ।

चलचित्रमा सुदन थापा, बसन्त बुढाथोकी, अर्चना केसी, सन्तोष शर्मा, मनोज रसाईली, सम्झना डिसी, शोभा विक लगायतको मुख्य भूमीका रहेको छ ।

द डिजेएसवीको उत्पादन र हाम्रो टेलिभिजनको प्रस्तुति रहेको चलचित्र साईलीको आगमी फागुन २६ गते घोराहीको निमा चलचित्र हलमा च्यारेटि शो गर्ने तयारी रहेको निर्माण टिमले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्