बाबुले गरे छोरीको गोली हानी हत्या



काठमाडौं । बैतडीमा गोली हानेर बुवाले छोरीको हत्या गरेका छन् । पुर्चौडी नगरपालिका-१० का ६५ वर्षीय धनबहादुर महराले आफ्नी २० वर्षीया छोरी बेलमती महरा धामीलाई भरुवा बन्दुकले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीले घटनाबारे स्थानीयबाट खबर प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ गइरहेको बताए । उनले शनिबार बेलुकी ५ बजेतिर घटना भएको बताए । स्थानीयलाई उद्धृत गर्दै उनले श्रीमान-श्रीमतीको झगडामा छोरीले छुट्याउन खोज्दा विवाद भएपछि बुवाले गोली हानेको भन्ने सुनिएको बताए ।

यद्यपि, प्रहरी घटनास्थल पुगेपछि विस्तृत जानकारी आउने उनले बताए । बैतडीमा लुकाइछिपाइ स्थानीयले भरुवा बन्दुक राख्ने गरेको पाइएको छ । गोली प्रहार गर्ने बुबा भने अहिले फरार छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्