डा.केसीले अनसन तोड्ने



 

काठमाण्डौ २९ पुस । अनसनरत डा गोविन्द केसीले आज अनसन तोडनु हुने भएको छ । डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा पाँचबुँदे सहमति भएपछि बिहान अनसन तोड्ने कार्यक्रम तय भएको डा. केसीका सहयोगीहरुले वताएका छन्  सहमतीअनुसार चिकित्सा शिक्षा आयोग एक साताभित्रमा गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमका डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिने, त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधा लगायतका ५ वटा बुँदा समेटिएका छन् ।

 

स्वास्थ्यमन्त्री दीपक बोहराले नेतृत्व गर्नुभएको टोलीमा  स्वर्णिम वाग्ले, डा गोविन्द पोखरेल समेत सहभागी हुनुहुन्थ्यो भने डा केसीका पक्षबाट डा अभिषेश सिंह, डा सुमन आचार्य, अधिवक्ता ओमप्रकाश अर्याल लगायतको सहभागिता थियो । मन्त्री बोहोराले सर्वोच्च अदालतको पछिल्लो आदेशले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा फाइल मगाएको र थप छानबिनको प्रक्रिया समेत अघि बढ्ने भएकाले अनसन अन्त्य गर्न आग्रह गर्नुभएको थियो  ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्