ममताले गाईन सबैलाई रुवाउँने गीत (भिडियो सहित)




सैघाली खबर

दाङ,२९ पुस । आफूलाई भन्दा पनि बढी माया गर्ने सन्तानले चटक्कै छोडी दिँदाको अवस्थालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गर्दै बस्नेतले बाबुआमाको हेरचाहमा लाग्न सन्तानहरुलाई आग्रह गरेकी छिन् । सन्तानका हरेक गल्ती कमजोरीहरु सजिलै भुल्ने बुबाआमाहरुलाई बृद्धाश्रममा अलपत्र छाडेर जाने सन्तानहरुलाई लक्षित गर्दै गायिका बस्नेतले आफूलाई जन्माउने, हुर्काउने, बढाउने आमाबाबुलाई उच्च सम्मानका साथ बाँच्न दिने अवस्थाको सिर्जना हरेक सन्तानहरुले गर्नुपर्ने सन्देश दिएकी छिन् ।

माया ममता बिर्सिएर कसरी छाडी गयौ
मन्दिरमा बिन्ति चढाई तिम्रै बाटो ढुकेँ ।

 

एकनारायण चापागाईँको शब्द र विपिन घिमिरेको संगीत रहेको गीतलाई ममताको स्वरले उत्कृष्टता प्रदान मात्र गरेको छैन–हजारौं बाबुआमाको मन छुन सफल भएको छ । एकुष्टिक रेकर्डिङ सेन्टरमा रेकर्ड गरिएको गीतलाई देवेन्द्र नेवाले एरेन्ज गरेका छन् । देवराज आचार्यले छायांकन र मनोज कार्कीले सम्पादन गरेको गीत म्यूजिक नेपालले बजारमा ल्याएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्