महावीरको न गाँस न बाँस (भिडियो सहित )



समिक्षा गाहा

दाङ २९ पुस । बिहान र्मिरर्मिरे उज्यालो हुदै थियो ह्वील चियरमा बसेका एक बृद्ध बिहानको छाँक कसरी टार्ने त्यसमै अल्मलिएका थिए । उज्यालो हुदाँ नहुदै घरबाट निस्कने घोराही उपमहानगरपालिका १५ का महावीर रोका का धेरै जस्तो रात सडकमै बित्छ्न । सानैमा आमा—बा गुमाएका महाविरले आमा —बा को माया त पाएनन् पाएनन बरु जीवनभर साथ दिन्छु भन्दै आएकी श्रीमतीले पनि अन्तै विवाह गरेर गईन । सबैको माया बाट टाढा बनेका ४६ बर्षीय महावीरको अहिले न गाँस नै छ न बाँस छ नै  ।

 

झण्डै नौ बर्ष पहिले लेवर कामगर्दा गर्दै सामान खुट्टामै खसेपछि खुट्टानै गुमाएको स्मरण गर्दै महावीर आफु अरुको सधै बोझका रुपमा रहेको वताउँनुभयो । छाँक कटाउँन पनि अरुकै मुख ताक्नु पर्ने वताउँदै उहाँले अरुको साहारामै जीवन गुजार्दै आएको वताउँनुभयो । सायद मलाई देखेर सडकामा हिड्ने बढुवा पनि हुक्के होलान् मैले कति संग पैसा माग्नु मलाईनै अप्ठेरो लाग्छ महावीरले भन्नुभयो । एक दिन माग्न छोड्यो भने चुल्हो बल्दैन मागौ भने कसैले दिदैनन दिन अभामै वितेको छ भन्नुभयो । कैयन रात भोक भोकै बिताए अब बानी नै परिसक्यो नखाएर पनि रात कटाउँन सक्छु भन्नुभयो । सम्पतिको नाममा थोत्रो ह्वील चियर मात्र भएको वताउँदै गाँस मागेर टारेपनि बाँसभने खुल्ला आकाश मुनीनै बिताउछु भन्नुभयो ।

बाल्यकाल देखि नै जीवन आशु र पिडामा डुबेको वताउँदै लामो समय सम्म औषधी खाँदा पनि खुट्टा नलाग्दा जीवन कटाउँन समेत मुस्किल परेको वताउँनुभयो । हस्पिटल जादाँ डाक्टरले पैसा नदिदा सम्म हेर्दैनन कसरी जीवन काट्नु भन्नुभयो । आफ्नो हात खुट्टा लाग्न छोडे पछि आफ्ना पनि बिरानो बन्दा रहेछन् उहाँले भन्नुभयो । म अपाङग भएको एक डेढ बर्ष सम्म त उनी म सगै बोल्दै बोलेनन् महावीरले भन्नुभयो । श्रीमतीले छोरा छोरीलाई पनि म बाट ढाटा बनाई दिईन न मैले छोरा छोरीलाई माया गर्न पाए न उनिहरुले मलाई जीवन यस्तै अभावै अभावमा बित्यो महावीरले भन्नुभयो ।

अपाङ भएपछि सबैले मलाई लखेटे कोठाभाडा दिएनन् पैसा तिर्न नसक्ने भन्दै कोठा दिएनन् उहाँले भन्नुभयो । झण्डै एकबर्ष देखि तुलसीपुर उद्योग वाणीज्य संघका उपाध्यक्ष ललित जगं शाहले मासिक एक हजार रुपैयाँ सहयोग गर्दै आएको वताउँनुभयो । त्यसबाटै आएको पैसाले खर्च चलाउँदै आएको वताउँनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्