२५ माघ, दाङ । दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालय व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई नेकपाको प्रचण्ड–नेपाल समूहले पराजित गरेको छ ।
राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड–माधव समूहका अमरराज गिरीको प्यानल विजयी भएको हो ।
यस्तै व्यवस्थापन समिति सदस्यहरुमा पनि प्रचण्ड–माधव पक्षका रामप्रसाद यादवले ३ सय २३ मत, सीमा विकले ३ सय २१ मत र सीमा चौधरीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।
ओली समूह र कांग्रेसको संयुक्त प्यानलका उमेदवारहरु मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय ९३ मत प्राप्त गरेका निर्वाचन संयोजक शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।