कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का



काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबार रोक्का गरिदिएको हो।

बैंक तथा वित्तीय संस्थाहरु तर्फ कालिका लघुवित्तसहित नेशनल माइक्रोफाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ भने बिमा तर्फ गुराँस लाइफ इन्स्यारेन्स कम्पनीको सेयर कारोबार रोक्का गरिएको छ।

११ ओटा कम्पनी मध्ये सात ओटा जलविद्युत् कम्पनी, एक विकास बैंक, एक जीवन बीमा कम्पनी र दुई ओटा लघुवित्त कम्पनी रहेका छन् ।

नेप्सेले नेपाल हाइड्रो डेभलपर, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, युनियन हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर, पाँचथर पावर, राधि विद्युत कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेण्ट बैंक, कालिका लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का राखेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्