रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पूजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभर टोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
उनको घर बुटवल चाँदबारी भएको खुलेको छ । ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।
२६ वर्षीया पूजा गहतराज नृत्य कलाकार हुन् भने न्यू इन्भारोमेन्ट कलेजमा नृत्य प्रशिक्षक समेत थिइन् । उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेको कलाकार किशोर थापा मगरले जानकारी दिए ।
उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।